Connect with us
Kapilvast Forest

आज विश्व क्यान्सर दिवस, ९० % लाई धुम्रपानका कारण क्यान्सर

२०७८, २१ माघ शुक्रबारमा प्रकाशित

काठमाडौं -आज विश्व क्यान्सर दिवस। ‘क्लोजिङ द ग्याप इन क्यान्सर केयर’ अर्थात् ‘क्यान्सरको उपचारको पहुँचको दुरीलाई बन्द गरौं’ भन्ने नाराका साथ विश्व क्यान्सर दिवस मनाइँदै छ।

हरेक वर्ष फेब्रुअरी ४ मा विश्व क्यान्सर दिवस मनाउने गरिन्छ। क्यान्सर रोगको निवारणका लागि सरोकारवाला संस्थाले चेतनामूलक कार्यक्रम गरेर क्यान्सरविरुद्धको दिवस मनाउन लागेका हुन्।

नेपालमा बर्सेनि क्यान्सरका बिरामीको संख्या बढिरहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ। खानपानमा ध्यान पुर्‍याए मात्रै पनि क्यान्सर लाग्ने जोखिम ४० प्रतिशतले कम हुने विश्व स्वास्थ्य संगठनले जनाएको छ। वातावरण र खानपानमा उचित ध्यान नदिँदा क्यान्सर रोगका विरामी बढ्दै गएका चिकित्सकको भनाइ छ।

त्यस्तै सुर्तीजन्य वस्तुको सेवन गर्नेको संख्या बढ्दै गएकाले पनि क्यान्सरको जोखिम बढ्दै गएको बताइएको छ। नेपालमा बर्सेनि १५ हजार भन्दा धेरै मानिसको क्यान्सर रोगका कारणले मृत्यु हुने गरेको तथ्यांक छ।

फोक्सोमा क्यान्सर हुने प्रमुख कारण धुम्रपान रहेको चिकित्सकले बताएका छन्। वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. मदन पियाका अनुसार झन्डै ९० प्रतिशतलाई धुम्रपानका कारण क्यान्सर हुने गर्दछ।

धुम्रपानपछि वंशाणुगत कारणले फोक्सोको क्यान्सर हुने गरेको डा. पियाको भनाई छ। विभिन्न अंगमा हुने क्यान्सरमध्ये बढी मानिसमा फोक्सोका क्यान्सर हुने गरेको छ। विश्वमै फोक्सोको क्यान्सरबाट वर्षेनी लाखौँ मानिसको मृत्यु हुने गरेको तथ्यांक छ।

सैबीच नेपाल अर्बुद रोग निवारण संस्थाले विश्व क्यान्सर दिवसको अवसरमा सोमबार विभिन्न कार्यक्रम गर्दैछ। धुम्रपान र मद्यपान नगरे तथा भुटेको, तारेको र चिल्लो खानेकुरा नखाई दैनिक व्यायाम गरे क्यान्सरको जोखिम कम हुने चिकित्सकले सुझाव दिएका छन्।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu