Connect with us
Kapilvast Forest

मोरङको उखुबारी घटना : तीन जनाको हत्या आरोपमा सिरहाका मण्डल पक्राउ 

२०७८, २१ माघ शुक्रबारमा प्रकाशित

 

काठमाडौं- एक हप्ताअघि मोरङको धनपालथाल-७ स्थित उखुबारीमा घटेको घटनामा संलग्न रहेको भन्दै प्रहरीले अनिल कुमार मण्डललाई पक्राउ गरेको छ। सिरहाका मण्डललाई काठमाडौंबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ।

अनुसन्धानका क्रममा शंकास्पद देखिएपछि प्रहरीले मण्डललाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो। बयान क्रममा मण्डलले सबै हत्या आफूले गरेको दाबी गरेको प्रहरीको भनाइ छ। उनले अर्का एक व्यक्तिको पनि हत्या गरेको भन्दै ललितपुरको ठेचोमा गाडेको बयान दिएका थिए। सोही बयानको आधारमा मशाहाखाले तेह्रथुमका मोहन प्रसाद लिम्बुको शव फेला पारेको छ।

मण्डलले तीनै जनाको हत्या एक्लैले गरेको दाबी गरेका छन्। तर प्रहरीले अरुको पनि संलग्नता हुनसक्ने भन्दै अनुसन्धान जारी राखेको छ। थप अनुसन्धानका लागि मण्डललाई मोरङ पठाइएका महाशाखाले जनाएको छ।

एक हप्ताअघि मोरङको धनपालथान ७ स्थित उखुबारीमा दुई दिनमा दुई वटा शव गाडिएको अवस्थामा फेला परेको थियो। मृतकमध्ये एक जना सुनसरीको धरान-३ का ४९ वर्षीय राजेन्द्र कुमार श्रेष्ठ र अर्का सप्तरीको शम्भुनाथ नगरपालिका-४ का ३२ वर्षीय शम्भु चौधरी रहेको प्रहरीले जनाएको छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu