Connect with us
Kapilvast Forest

आजको मौसम : असिना पर्ने र वर्षा हुने सम्भावना

२०७८, २१ माघ शुक्रबारमा प्रकाशित

काठमाडौं- हाल देशमा पश्चिमी पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ ।

शुक्रवार विहान देशभर मौसम बदली भई काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा हल्का वर्षा भइरहेको छ।

दिउँसो पनि देशभर मौसम बदली रही मेघ गर्जनसहति असिना पर्ने र वर्षा हुने ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गण्डकी र लुम्बिनी प्रदेशको एक दुई स्थानमा भने भीषण वर्षाको सम्भावना पनि रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना रहेको छ।

राति पनि देशभर मौसम बदली रही प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा असिना पर्ने र वर्षा हुने सम्भावना रहेको छ।

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा भने हिमपातको सम्भावना रहेको ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu