Connect with us
Kapilvast Forest

कानुनमन्त्री बडु पनि प्रधानन्यायाधीश जबराको विरुद्धमा

२०७८, २४ माघ सोमबारमा प्रकाशित

 

काठमाडौँ -न्यायालयमा देखिएको समस्या समाधानका लागि पहल गर्नुपर्ने कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु आइतबार बोलाइएको न्यायसेवा आयोगको बैठकमा नगएर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको विपक्षमा देखिनु भएको छ ।

न्यायालयभित्रको द्वन्द्वले न्याय प्रणालीका विभिन्न क्षेत्रमा असर परिरहेका बेला समाधानका लागि भूमिका निर्वाह गर्नुपर्ने कानुनमन्त्री नै बैठकमा अनुपस्थित हुनुले सरकार यो मामिलामा गम्भीर नभएको बुझिन्छ। न्यायसेवा आयोगका सदस्य सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, महान्यायाधिवक्ता खम्मबहादुर खाती, लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी पनि बैठकमा उपस्थित हुनु भएन । न्यायसेवा आयोग र न्याय परिषद्को अध्यक्ष प्रधानन्यायाधीश हुने संवैधानिक व्यवस्था छ। अध्यक्षको हैसियतले जबराले न्यायसेवा आयोगको बैठक बोला उनु भएको थियो ।

अध्यक्ष जबराले सोमबार न्याय परिषद्को पनि बैठक बोलाउनु भएको छ । कानुनमन्त्री बडु परिषद्को बैठकमा पनि उपस्थित नहुनुहुने भएको छ । न्यायसेवा आयोगको बैठकमा कानुनमन्त्री बडु नगएको विषयमा बुझ्दा उहाँका निकट सहयोगीले भन्नु भयो , ‘आइतबार पनि यस्तै भयो, कुरो बुझिहाल्नुभयो। भोलि पनि यस्तै हुन्छ होला।’ परिषद्को बैठकमा न्यायाधीश नियुक्तिदेखि सरुवासम्मको अजेन्डा राखिएको छ। तर परिषद् बैठक पनि बस्ने सम्भावना देखिँदैन। यो समाचार नागरिक दैनिकमा छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu