Connect with us
Kapilvast Forest

शिवराजका कृषकलाई कृषि सामग्री

२०७८, २ फाल्गुन सोमबारमा प्रकाशित

राम अवतार चाैधरी ,कपिलवस्तु- कपिलवस्तुकाे शिवराज नगरपालिका ३ नम्बर वडा कार्यालय खरेन्द्रपुरले ५० प्रतिशत अनुदानमा ९७ जना किसानलाई कृषि सामग्री वितरण गरेकाे छ । आइतबार वडा कार्यालयले स्प्रे ट्यांकी ६१ जनालाई, चरा मेशिन २६ जनालाई र पानी तान्ने माेटर १० जनालाई प्रदान गरिएकाे वडा कार्यालयले जनाएकाे छ । कार्यक्रमलाई सम्बाेधन गर्दै नगर प्रमुख नेत्रराज अधिकारीले कृषि क्षेत्रमा किसानलाई आत्मनिर्भर बनाउन प्रत्येक वर्ष कृषि औजार वितरण गर्दै आएकाे बताए ।

उनले कृषकलाई व्यवसायिक रुपले कृषि खेती गर्ने उद्देश्यले कृषि सामग्री प्रदान गरिएको बताए। नगर प्रमुख अधिकारीले यी सामग्रीहरूले किसानले बढी भन्दा बढी उत्पादन गरि लाभ लिनुपर्नेमा जाेड दिए । आगामी दिनमा किसानलाई उत्पादनकाे आधारमा अनुदान दिने उनले बताए । यसैबीच नगर उप-प्रमुख शिव कुमारी थारूले किसानलाई उत्पादनमुखी बनाउने जिकिर गर्दै वडा नम्बर ३ लाई तरकारी पकेट क्षेत्र बनाउने बताइन् ।

उनले यस वडामा अधिकांश क्षेत्र कृषि खेतीका लागि उपयुुक्त रहेकाले कृषिमा लगानी गर्नुपर्नेमा जाेड दिइन् । किसानले उत्पादन गरेका तरकारी अब खेर नजाने बताउँदै यसै वडा तरकारी संकलन केन्द्र निर्माण भइरहेको थारूले बताइन् । उनले किसानले अहाेरात्र खटेर उत्पादन गरेकाे मुल्य खेर जाने चिन्ता नगर्न सुझाव दिँदै अब कृषिलाई व्यवसायिक बनाउने पर्ने बताइन् । त्यसैगरी नगरपालिका कृषि शाखा प्रमुख तारा चन्द चाैधरीले आगामी दिनमा कृषिलाई आधुनिकीकरण गर्नका लागि आधुनिक प्रविधियुक्त बढी उत्पादन गर्न सकिने कृषि औजार वितरण गर्नुपर्ने आवश्यक रहेका बताए ।

यस्तै वडा अध्यक्ष टेकलाल सापकोटाले जनताहरूकाे माग अनुसार कृषि सामग्री वितरण गरेकाे बताए । उनले तरकारी पकेट क्षेत्रका लागि मैनार-बुलाकियामा लिफ्टिङ सिँचाई याेजना सम्पन्न भएकाे जनाए ।

अन्य क्षेत्रमा पम्प सेटकाे व्यवस्थापन गरिएकाे बताउँदै बेमौसमी बर्षातले किसानलाई पुर्याएकाे क्षतिकाे विवरण जिल्ला पठाइ सकेकाे र किसान राहत उपलब्ध गराउने पहल गरिरहेकाे अध्यक्ष सापकोटाले बताए । कृषि सामग्री वितरण कार्यक्रमलाई समाजसेवी तथा नेकपा एमाले शिवराज नगर अध्यक्ष जगत पाैडेल लगायतले कार्यक्रमलाई सम्बाेधन गरेका थिए ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu