Connect with us
Kapilvast Forest

कृष्णनगरमा स्वास्थ्य शिविर सुरु

२०७८, २ फाल्गुन सोमबारमा प्रकाशित

न्युज सेन्टर नेपाल, कपिलवस्तु- कपिलवस्तुको कृष्णनगर नगरपालिकामा स्त्री तथा छाला रोग सम्बन्धी तीन दिने शिवीर सुरु भएको छ । कृष्णनगर १० मा रहेको नेत्र ज्योति माध्यमिक विद्यालय सौनहवामा तीन दिने शिविर सुरु भएको हो ।

लुम्बिनी प्रदेश स्थापना दिवस २०७८ को अवसरमा स्त्री तथा छाला रोग सम्बंधि तीन दिने वृहत स्वास्थ्य शिविरको सुरुवात गरेको कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले बताउनु भयो ।

जिल्ला स्वास्थ्य कार्यालय तौलिहवाको आयोजना तथा कृष्णनगर नगरपालिकाको समन्वयमा शिविरको सुरुवात भएको नगर प्रमुख शाहले जानकारी दिनुभयो ।
कपिलवस्तु जिल्ला स्वास्थ्य कार्यालय प्रमुख हेमराज पाण्डेय, कृष्णनगर नगरपालिका वडा नं १० वडाध्यक्ष मोविन खां , नेत्र ज्योति माध्यमिक विद्यालय सौनहवाका प्रधानाध्यापक जय प्रकाश चौधरीको सहभागीतामा शिविरको सुरुवात गरिएको स्थानीय पत्रकार अजय मिश्रले बताउनु भयो ।

शिविर पहिलो दिन २ सय ६९ जनाको स्वास्थ्य चेक जांच गरिएको छ । ४ जना कुष्ठरोगि पहिचान गरिएको स्स्वास्थकर्मी चमेली गाहले जानकारी दिनुभयो l

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu