Connect with us
Kapilvast Forest

पाेखरामा बाक्लाे असिना पानी

२०७८, ८ फाल्गुन आईतवारमा प्रकाशित

कास्की – आज आइतवार पाेखरामा बाक्लो असिना पानी परेको छ । असिना पानीले पोखराको सडकमा केहीबेर गाडी सञ्चालनमा अवराेध पुगकाे थियाे । पोखराको न्युरोड, चिप्लेढुङ्गा, बगर, अमरसिंह चेकको भागमा असिनाले ढपक्कै छोपेको थियो । असिना पानीका कारण गुडिरहेका बसहरू रोकिएका थिए, बाटो हिँडिरहेका मान्छेहरू ओत लागेका थिए । असिना पानीले जनजीवनका साथै व्यापार/व्यवसाय पनि प्रभावित भएको छ ।

 

सडकमा चार इन्चदेखि एक फुटसम्म असिना थुप्रिएकाे थियाे । यसरी असिना परेको पहिलो पटक थाहा पाएकाे स्थानीयवासी थम्मन ठकुरीले बताउनुभयो । असिना पानीले त्यस क्षेत्रका तरकारी, आलु, फलफूल, तोरी, गहुँ लगायतका बालीमा क्षति पुगेको छ ।

 

पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले पाेखरा महानगरका विभिन्न क्षेत्रमा व्यापक असिना परेको जानकारी आएको बताउनुभयो । ‘पोखराको हेम्जा र मालेपाटन लगायतका तरकारी खेती हुने क्षेत्रमा असिनाले व्यापक क्षति पुर्‍याएकाे छ । यसको यकिन भने फिल्डमा पुगेर नहेरि र किसानसँग जानकारी नदिइ यति नै क्षति भयो भन्न सकिन्नँ’, उहाँले भन्नुभयाे ।

 

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले पोखरा लगायत देशका विभिन्न भू–भागमा पानीसहित असिना परिरहेको मौसमविद्हरूले बताएका छन् । अबका एक–दुई दिन देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही ठाउँमा मेघगर्जन, चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu