Connect with us
Kapilvast Forest

सार्वभौम संसद्ले नै विकास सहायताबारे निर्णय गर्छ:परराष्ट्र मन्त्रालय

२०७८, ८ फाल्गुन आईतवारमा प्रकाशित

काठमाडौं – परराष्ट्र मन्त्रालयले नेपालको सार्वभौम संसद्ले नै नेपालले लिने कुन विकास सहायता ठिक छ भनेर निर्णय गर्ने जनाएको छ । अमेरिकी सहायता परियोजना एमसीसी संसदमा टेबल भएपछि परराष्ट्र मन्त्रालयले आज आइतवार विज्ञप्ति निकालेर नेपालले अहिलेसम्म देश र नागरिकको आवश्यकता र देशको हितलाई आधार मानेर विदेशी सहायता लिइरहेको उल्लेख गरेको छ ।

एमसीसीतर्फ इङ्गित गर्दै मन्त्रालयले नेपालको राष्ट्रिय हित र प्राथमिकताका सर्तहरू हेरेर मात्रै सरकारले विकास सहायता स्वीकार गर्ने निर्णय गरेको र अब यसको छिनोफानो सार्वभौमसत्ता सम्पन्न संसदले नै गर्ने उल्लेख गरेको छ ।

नेपालले सधैँ स्वतन्त्र, सन्तुलित र असंलग्न परराष्ट्रको खोजी गर्दै आएको र यो नीति अनुसार आफ्नो राष्ट्रिय आवश्यकता र प्राथमिकताअनुसार विकास सहायताको उपयोग गरेको परराष्ट्रले जनाएको छ । मित्र देशका विकास सहायताले देशको पूर्वाधार निर्माणमा विकास सहायताले महत्त्वपूर्ण भूमिका खेलेको भन्दै सरकारले सहयोग गर्ने देशहरूलाई धन्यवाद दिएको छ । 

 

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu