Connect with us
Kapilvast Forest

एकअर्काको मुख ताकाताक मै सीमित सर्वदलीय बैठक

२०७८, १० फाल्गुन मंगलवारमा प्रकाशित

 

विराटनगर – प्रदेश १ को नामकरणको विषयमा पहिलो पटक औपचारिक छलफल सुरु भएको छ । सरकारको आह्वानमा मंगलबार सर्वदलीय बैठक बसेको हो । बैठकमा प्रदेश १ को प्रदेशसभामा सहभागी नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सहभागी थिए । राप्रपा भने बैठकमा सहभागी भएन ।

 

बैठकमा सहभागी अधिकांश ठूला दलले अमूर्त कुरा गरे भने नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका नेताबीच दोहोरीसमेत चल्यो । नामकरणका बारेमा साझा प्रस्ताव नआए पनि ‘सबैलाई मान्य हुने’ नाम राख्नुपर्नेमा भने सबै सहमत भएका छन् । एमाले बाहेकका दलले नामकरणको छलफलका लागि संयन्त्र बनाएर जानुपर्ने पनि बताउनु भयो ।

एमालेका प्रदेश १ अध्यक्ष तथा प्रदेशसभा सदस्य तुलसीप्रसाद न्यौपानेले गठबन्धनमा रहेका ५ दलको पाँचथरी कुरा आएको भन्दै व्यङ्ग्य गरे । ‘मुख्य कुरा नै आएन, गठबन्धनका दलहरूबाट केही धारणा आउँछ भन्ने लागेको थियो तर, गठबन्धनका ५ दलको नै ५ वटा कुरा आयो,’ उहाँले भन्नु भयो , ‘प्रतिपक्षसँग बहुमत हुँदैन, एमालेसँग बहुमत छैन । सरकारसँग भएको बहुमतले साझा प्रस्ताव बनेर आउँदा हुन्थ्यो ।’

न्यौपानेले एमाले नामकरणको विषयमा प्रष्ट भएको बताए पनि प्रदेशको नाम के हुनुपर्छ भन्नेबारे ठोस धारणा राखेनन् । ‘हाम्रो प्रदेश पनि बहुजातीय, बहुसांस्कृतिक छ, एकता र सद्भावलाई खल्बल्याउन नदिने गरी अगाडि जान हामी तयार छौँ,’ न्यौपानेले भन्नु भयो , ‘पहिचानको विभिन्न आयाम छन् । एकल, बहुपहिचानका आधारमा गए पनि साझा हुनु प¥यो । गठबन्धनको एउटा धारणा हामी पर्खिरहेका छौँ । एमाले नामको विषयमा प्रष्ट छ । तर, हामीसँग बहुमत छैन ।’

उहाँले तत्कालीन नेकपासँग दुई तिहाइ हुँदा पनि एकलौटी अगाडि बढ्न नखोजेको बताउँदै राजनीतिक घटनाक्रम बदलिएको अहिलेको सन्दर्भमा पनि साझा ढंगले जान र प्रदेशसभाको यही कार्यकालभित्र नाम टुंगोमा पु¥याउन आवश्यक रहेको बताउनु भयो । ‘एउटा निष्कर्षमा अब पुग्नै पर्छ, अब किंकर्तव्यविमूढ भएर हुँदैन,’ उहाँले भन्नु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu