Connect with us
Kapilvast Forest

त्रिभुवन आदर्शको अध्यक्षमा कुनाल प्रताप शाह

२०७८, १० फाल्गुन मंगलवारमा प्रकाशित

सनिउल्ला धोबी, कपिलवस्तु-
कपिलवस्तुको शिवराज नगरपालिका ६ पिपरीमा रहेको त्रिभुवन आदर्श माध्यमिक विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष पदमा शिक्षा प्रेमी कुनाल प्रताप शाह सर्बसहमत रुपले चयन हुनु भएको छ ।

विद्यालयका अभिभावकहरुको भेलाले शाहलाई ब्यवस्थापन समितिको अध्यक्ष पदमा चयन गरेको हो ।

भेलाले राम बहादुर कुर्मी, इनरमती हरिजन, राम मनोरथ कुर्मी, गोकुल सिहं, सन्तरी प्रसाद चौधरी गुडिया बढई र घनश्याम कुर्मी सहितको बसेको बैठकले अध्यक्ष पदमा कुनाल प्रताप शाहलाई चयन गरेको हो ।

विद्यालयलाई आर्थिक, भौतिक सहयोग गरेकोले शाहलाई अध्यक्ष पदमा मनोनित गरिएको विद्यालय ब्यवस्थापन समितिका सदस्य राम मनोरथ कुर्मीले जानकारी दिनु भयो ।

नव नियुक्त अध्यक्ष कुनाल प्रताप शाहले विद्यालयको शैक्षिक सुधारका लागि काम गर्ने बताउनु भयो ।

विद्यालयको भौतिक पुर्वाधार सुधार, शिक्षकलाई प्रोत्साहन सहितको योजना सहित कार्य गर्ने अध्यक्ष शाहले जानकारी दिनु भयो ।

कार्यक्रममा शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारी,शिक्षा प्रेमी राकेश प्रताप शाह, शिक्षा अधिकृत लोकराज पन्थी, समाजसेवी इश्वरी पान्डेय, तौलेश्वर चौधरी, शिक्षा प्रह्लद पाण्डे, गौरवमणि त्रिपाठी लगायतको सहभागीता रहेकोे थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu