Connect with us
Kapilvast Forest

विभिन्न पार्टी परित्याग गरि १ सय ५७ जना नेकपा एमालेमा प्रवेश

२०७८, १० फाल्गुन मंगलवारमा प्रकाशित

 

 

कपिलवस्तु -विजयनगर गाँउपालिका वडा न १ नेवलागन्जमा नेकपा एमालेद्वारा आयोजित वडा भेलामा १ सय ५७ जना नेकपा एमालेमा प्रवेश गरेका छन् । विभिन्न पार्टी परित्याग गरि नेकपा एमाले पार्टीमा प्रवेश गरेको गाउँकमिटी सचिब गोकर्ण सापकोटाले जानकारी गर्नुभएको छ ।

कार्यक्रम प्रमुख जिल्ला कमिटी सचिवालय सदस्य तथा विजयनगर इन्चार्ज गोपाल बहादुर थापाले नेकपा एमाले प्रति नागरिकहरुको आस्था र विश्वास बढदै गएको बताउनु भयो। पालिकाबासीलाई क्षमताले भ्याएसम्म विकासको अनुभुति दिलाउन सकेको बताउदै विजयनगरमा सबै क्षेत्रमा विकासको ढोका खोल्न सफलभएको जसको लागि आगामी दिनमा निरन्तर कार्य गर्न आवश्यक रहेको थापाले बताउनु भयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला कमिटी सदस्य मंगल प्रसाद गुप्ता ले विजयनगर गाँउपालिकाको विकासमा गाँउपालिका अध्यक्ष गोपाल बहादुर थापाले पालिकामा गरेको विकासको प्रगतिले पार्टीमा प्रवेश गर्नेको लहर आएको बताउनु भयो । नेकपा एमाले विजय भएको स्थानमा अरु भन्दा धेरै विकास निर्माण संगै शैक्षिक विकास भएको गुप्ताले दावी गर्नु भयो ।

भेलालाई सम्बोधन गर्दै जिल्ला कमिटी सदस्य लक्ष्मी कुमारी चौधरीले गरिब र सर्वहारा वर्गको पक्षमा बकालत तथा पैरवी गरेकोले सधै गरिबहरुको पक्षमा रहने बताइन् । कार्यक्रम वडा कमिटी अध्यक्ष यम बहादुर घर्तीको अध्यक्षतामा सम्पन्नभएको थियोे ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu