Connect with us
Kapilvast Forest

एमसीसी आन्दोलनमा ओली चढेको गाडीमा आक्रमण गर्नेमाथि गृहले थाल्यो छानविन 

२०७८, १० फाल्गुन मंगलवारमा प्रकाशित

 

काठमाडौं – सरकारले अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता विरुद्धको आन्दोलनमा हिंसात्मक कार्यमा संलग्न व्यक्तिहरुमाथि छानविन थालेको छ ।

फागुन ८ गते एमसीसी संसदमा टेबल हुने दिन सांसदहरुको आवागमनमा अवरोध गर्ने र पूर्वप्रधानमन्त्री तथा प्रतिपक्षी दलका नेता केपी शर्मा ओली चढेको गाडीमाथि आक्रमण गर्नेमाथि छानविन भइरहेको गृह मन्त्रालयले जनाएको छ ।

गृहका प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वार मंगलबार जारी विज्ञप्तिमा भनिएको छ, ‘केही समूहबाट सडकमा प्रदर्शनका नाममा फागुन ८ गते आफ्नो निवासबाट संसद भवन आउने क्रममा पूर्व प्रधानमन्त्रीज्यू चढेको सवारी साधनमा अवरोध पुर्‍याउने र ढुंगा प्रहार गर्नेसम्मको हर्कत देखिएको छ । त्यस्ता हिंसात्मक कार्यहरुप्रति नेपाल सरकार भर्त्सना गर्दछ र त्यस्ता घटनामा संलग्न व्यक्तिहरु छानविनको क्रममा समेत रहेका छन् ।’

सरकार नागरिकको जीउधनको सुरक्षा गर्न सदैव तत्पर रहेको उल्लेख गर्दै गृहले यस्ता प्रकृतिका घटनाको गम्भीरतापूर्वक निगरानी गरिरहेको पनि जनाएको छ ।

शान्तिपूर्ण प्रदर्शन गर्न पाउने संवैधानिक र कानूनी हकको सम्मान गर्दै सरकार र सुरक्षाकर्मीले उच्च संयमता अपनाएको जानकारी गराउँदै गृहले आन्दोलनका नाममा सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड गर्ने र हिंसाजन्य गतिविधि नगर्न चेतावनीसमेत दिएको छ । नागरिकको स्वतन्त्रतापूर्वक जिउने हकमा बाधा पुऱ्याउने कार्य नगर्ने सबैको ध्यानाकर्षण गराएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu