Connect with us
Kapilvast Forest

शिवराज ३ खरेन्द्रपुरमा कुटपीटबाट बृद्धको मृत्यु

२०७८, ११ फाल्गुन बुधबारमा प्रकाशित

death

कपिलवस्तु-कपिलवस्तुको शिवराज नगरपालिका–३ खरेन्द्रपुरमा कुटपीटबाट एक बृद्धको मृत्यु भएको छ । छोरीको घरमा बस्दै आएका गुल्मी दरबार देविस्थान गाउँपालिका–६ चारपाला घर भएका ७० वर्षीय उदय बहादुर टन्डनको कुटपिटबाट मृत्यु भएको हो ।

शिवराज नगरपालिका–३ बस्ने २२ वर्षीय तिलक भण्डाराले घर अगाडि खटियामा सुतेको अवस्थामा फागुन २ गते टन्डललाई दाउराले कन्चटमा प्रहार गरेका थिए । घटनामा गंभीर घाइते भएका टन्डनको स्थानीय संजीवनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी उपरिक्षक दान बहादुर कार्कीले बताउनु भयो ।

घटनाको आरोपमा प्रहरीले तिलकलाई पक्राउ गरी अनुसंधान अघि बाढएको उनले बताए । प्रारंभिक अनुसंधानकोक्रमा तिलक मानसिक संतुलन गुमाएको ब्यक्ति रहको भन्ने बुझिएको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu