Connect with us
Kapilvast Forest

दारी ग्याङ्ग पाल्पाद्वारा विपन्नलाई सहयोग

२०७८, १२ फाल्गुन बिहीबारमा प्रकाशित

दिपक पोखरेल-
दारी ग्याङ पाल्पाले बिपन्न परिवारलाई नियमित सहयोग कार्यक्रम अन्तरगत एक कार्यकर्माका बिच तानसेन नगरपालिका वडा नंबर ३ बसन्तपुरका सरोज जङ्ग राणालाई करिब ५ हजार बराबरको खाद्य समाग्री बितरण गरेको छ । अत्यन्त न्यून परिवारका राणाका श्रीमती ,२ छोरा र १ छोरी मध्ये २० बर्षिय छोरा पुर्ण अपाङ्ग छन ।भने राणा लामो समय देखि विभिन्न रोगले पीडित छन ।

दारी ग्याङ्ग पाल्पाले बिगतका दिन देखि रक्तदान, बिपन्नलाई सहयोग लगायत विभिन्न समाजिक कार्य गर्दै आएको र आगामी दिनमा पनि यस्तै कार्य गर्दै जाने दारी ग्याङ्ग पाल्पाका सकृय सदस्य सुमन गैरेले बताए ।
सहयोग बितरण कार्यक्रममा दारी ग्याङ्ग पाल्पाका सकृय सदस्यहरु रमेश गैरे,निर्मल भण्डारी ,प्रकाश गैरे, प्रशान्त कालाथोकी ,बिष्नु घिमिरे ,सौरब सापकोटा बिजय पौडेल लगायतले बोल्दै सामाजिक कार्यमा अझ बढी सकृय हुने बताए । साथै उक्त कार्यक्रममा एनएमबी बैंक पाल्पा साखाले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

दारी ग्याङ्गले बिगत ६ बर्ष देखि देशका ४७ जिल्लाका ५२ स्थानमा विभिन्न सामाजिक कार्य गर्दै आएको केन्द्रीय अध्यक्ष प्रदीप गैरे “बर्बरिक”ले जानकारी दिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu