Connect with us
Kapilvast Forest

संसद्‍ बैठक दिउँसो १ बजे : एमसीसीमाथि छलफल हुँदै

२०७८, १३ फाल्गुन शुक्रबारमा प्रकाशित

facebook sharing button

काठमाडौं-शुक्रबार प्रतिनिधिसभा बैठकको बैठक बस्दैछ। बिहीबारका लागि तोकिएको बैठक आजका लागि सरेको हो।

प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक विशेष कारण देखाउँदै संघीय संसद सचिवालयले आजका लागि सारेको हो।

 

शुक्रबारको सम्भावित कार्यसूचीमा अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल हुने उल्लेख छ। उक्त प्रस्ताव संसद् बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ।

संघीय संसद्का महासचिव डा. भरतराज गौतमले शुक्रबारको बैठकको सम्भावित कार्यसूची बिहीबार सार्वजनिक गरेका हुन्।

कार्यसूचीको पहिलो नम्बरमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने उल्लेख छ भने दोस्रो नम्बरमा एमसीसी प्रस्ताव छलफलका लागि पेश हुने उल्लेख छ।

प्रधानमन्त्रीको आग्रहमा बिहीबारका लागि तोकिएको बैठक शुक्रबार दिउँसो १ बजेका लागि सारिएको हो।

बिहीबार संसद बैठक बैठक स्थगित भएपछि प्रधानमन्त्री देउवाले नयाँ बानेश्वरस्थित संसद्‍ भवनमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का शीर्षनेतासँग छलफल गरेका थिए।

प्रधानमन्त्री देउवाले एमसीसीको विषयमा प्रमुख प्रतिपक्ष दल एमालेलाई मनाउनका लागि बैठक स्थगित गर्न आग्रह गरेको बालुवाटार स्रोतले बताएको थियो। बैठक स्थगित गरेर दिनभर छलफलमा जुटेका प्रधानमन्त्री देउवाले एमालेसँग सहकार्य गर्ने तयारी गरेका छन्। एमालेले केही सर्त अगाडि सारेपछि ठोस निर्णय भने भइसकेको छैन। बिहीबार रातिसम्म एमाले नेतृत्वसँग प्रधानमन्त्री देउवासहित काँग्रेस नेतृत्वले बालुवाटारमा छलफल गरेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu