Connect with us
Kapilvast Forest

रुसविरुद्ध लड्न युक्रेनले बाँड्यो गोला बारुदसहितका १८ हजार बन्दुक

२०७८, १३ फाल्गुन शुक्रबारमा प्रकाशित

 

 

एजेन्सी-युक्रेनले रुसविरुद्ध लड्नका लागि आफ्ना नागरिकलाई १८ हजार बन्दुक वितरण गरेको छ ।

बिहीबार विहानदेखि सुरु भएदेखि अहिलेसम्म राजधानी कीभ क्षेत्रमा मात्रै गोला बारुदसहितका १८ हजार बन्दुक वितरण गरिएको युक्रेनी अधिकारीहरूलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।

एक संयुक्त विज्ञप्तिमा, रक्षा मन्त्री ओलेक्सी रेज्निकोभ र सशस्त्र बलका कर्मचारी प्रमुख भलेरी जालुज्नीले थप हतियार आउँदै गरेको बताएका छन् ।

‘चाँडै नै हामीले हाम्रा साझेदारहरूबाट आधुनिक हतियार र अन्य स्रोतहरू सहित थप समर्थन प्राप्त गर्नेछौं,’ विज्ञप्तिमा भनिएको छ ।

बिहीबार मात्र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सामान्य सैन्य परिचालनको आदेश दिएका थिए । सोही अनुरुप १८ देखि ६० वर्षसम्मका सबै पुरुष नागरिकलाई देश छाड्न प्रतिबन्ध लगाइएको राज्य सीमा सुरक्षा सेवाले जनाएको छ ।

यस्तै युक्रेनी सेनाका प्रमुखले बिहीबार मात्रै एक विज्ञप्ति जारी गर्दै पासपोर्ट र पहिचान नम्बर लिएर सेनामा भर्ति हुन आह्वान गरेका छन् । उनले भर्तिका लागि उमेरको कुनै हद नहुने समेत बताएका छन् ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu