Connect with us
Kapilvast Forest

बाणगंगामा सोमबारबाट राष्ट्रिय परिचयपत्र अभियान शुरु हुने

२०७८, १३ फाल्गुन शुक्रबारमा प्रकाशित

कपिलवस्तु-सोमबारदेखि बाणगंगा नगरपालिकामा राष्ट्रिय परिचय पत्रका लागी नाम दर्ता कार्य सुरु हुने भएको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले बाणगंगाबाट सोमबारदेखि राष्ट्रिय परिचय पत्र विवरणको दर्ता कार्य शुरु गर्ने भएको हो ।

जसका लागी आज शुक्रबार बाणगंगा नगरपालिका अन्तर्गत वडाध्यक्ष तथा सचिव एवम् रुजु अधिकारीहरुलाई प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले प्रशिक्षित गर्नुभएको छ ।

नागरिकता प्रमाणपत्र लिन आउनेहरुले आवश्यक विवरण भरेर राष्ट्रिय परिचय पत्रका लागि निवेदन दिन सक्नेछन् र स्थानीय तहहरुमा घुम्ति सेवा सञ्चालन गरेर पनि निवेदन संकलन गरिने प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिनुभयो ।

सो कार्यक्रममा राष्ट्रिय परिचय पत्रको महत्वको बारेमा छलफल समेत भएको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुसहित सरकारले ७७ जिल्लाबाट राष्ट्रिय परिचय पत्रको विवरण दर्ता गर्ने कार्य शुरु गरेर सम्पूर्ण नेपालीलाई राष्ट्रिय परिचय पत्र वितरण गर्ने लक्ष्य राखेको छ ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा दैनिक ६० जनाको विवरण दर्ता गर्नका लागि दुई वटा कम्प्युटर लगायतका आवश्यक उपकरणहरु राखिएको छ ।

राष्ट्रिय परिचयपत्रमा नागरिकता, राहदानी, मालपोत, यातायात व्यवस्था, पञ्जीकरण कार्यालय, स्थानीय निकाय, बैंक, टेलिकम, सवारी चालक अनुमतिपत्र, लोकसेवा आयोग, पान नम्बर लगायतको विवरण एकै ठाउँ डिजिट लाइज प्रविधि मार्फत राख्न सकिन्छ ।

सो उक्त कार्यक्रममा बाणगंगा नगरपालिकाका नगरप्रमुख मंगलप्रसाद थारु, उपप्रमुख चक्र अर्याल, प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थी लगायतले आआफ्नो धारणा राख्नुभएको थियो । यसैबीच नगरपालिकाले आवश्यक कागजात सहित वडा कार्यालयमा उपस्थित भई नाम दर्ता गराउन आग्रह गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu