Connect with us
Kapilvast Forest

नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ बाणगंगाको अध्यक्षमा खनाल

२०७८, १३ फाल्गुन शुक्रबारमा प्रकाशित

कपिलवस्तु-नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ बाणगंगा नगर कमिटि गठन गरिएको छ । नगर कमिटिको पहिलो भेलाले झबिन्द्र खनालको अध्यक्षतामा ४३ सदस्यीय नगर कमिटि गठन गरिएको हो । नेकपा एमालेको जनवर्गीय संगठन नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको नगर कमिटिको उपाध्यक्षमा देविलाल कंडेल, सचिवमा गिरिराज कंडेल, निर्मला अधिकारी र भुवन पाण्डे, कोषाध्यक्षमा खिम बहादुर क्षेत्री, सह–कोषाध्यक्षमा बिष्णुलाल गैरे लगायत अन्य सदस्यमा चयन हुनुभएको छ ।

नव गठित कमिटिका पदाधिकारी तथा सदस्यहरुलाई नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ कपिलवस्तुका सचिव कुशल पौडेलले पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको थियो । जिल्ला सचिव पौडेलले नेकपा एमालेमा आवद्ध सम्पुर्ण उद्योगी व्यवसायीहरुलाई समेट्दै नवगठित नगर कमिटि अगाडि बढ्ने विश्वास व्यक्त गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।

एमाले नेता तथा बाणगंगा नगरपालिकाका नगर उप–प्रमुख चक्रपाणि अर्यालले एमालेमा आवद्ध सम्पुर्ण व्यवसायीहरुलाई व्यवसाय मार्फत आर्थिक स्तर उकास्न र राज्यलाई कर तिर्न आग्रह गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि अर्यालले व्यवसायीहरुको आर्थिक समृद्धि भएमा मात्र समृद्ध नेपालको नारा पुरा हुने बताउनुभयो ।

अध्यक्ष भएसंगै खनालले नगर कमिटि अध्यक्ष पदमा चयन गर्न सहयोग गर्नुहुने सम्पुर्णलाई आभार व्यक्त गर्दै विशुद्ध नेकपा एमालेमा आवद्ध उद्योगी व्यवसायीका हक हित तथा अधिकारका लागि लड्ने बताउनुभयो । उहाँले पार्टीले अंगालेका औद्योगीक योजनाहरुलाई अंगाल्दै ठुला साना सबै व्यवसायीहरुलाई समावेश गरि उनीहरुको उत्थान र आर्थिक स्तरलाई माथि उकास्नका लागि आफ्नो अमह भुमिका रहने बताउनुभयो ।

नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ कपिलवस्तुका उपाध्यक्ष कृष्ण गैरेको अध्यक्षता, नेकपा एमाले बाणगंगा नगर कमिटि अध्यक्ष युवराज पोख्रेलको विशिष्ठ आतिथ्यता रहेको कार्यक्रममा पार्टीमा आवद्ध व्यवसायीहरुको उपस्थिती रहेको थियो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu