Connect with us
Kapilvast Forest

अनेरास्ववियु शिवराज नगर कमिटी जिल्ला अधिबेशनको तयारीमा जुट्यो

२०७८, १४ फाल्गुन शनिबारमा प्रकाशित

कपिलवस्तु- अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु शिवराज नगर कमिटीको प्रथम बैठक सम्पन्न भएको छ । सनिवार चन्द्रौटामा सम्पन्न बैठकले शुक्रबार अनेरास्ववियुको सचिवालय बैठकले गरेका महत्वपुर्ण निर्णयहरुका बारेमा छलफल गरेको थियो । सचिवालयको बैठकको भोलिपल्ट नै बैठक बसेर आसन्न फागुन २१ गते हुने जिल्ला अधिवेशनमा शिवराज बाट के कसरी अगाडि बढ्ने र कति सहभागिता गराउने लगायतका निर्णय गरेको छ । अनेरास्ववियु शिवराज नगर कमिटी जिल्ला अधिबेशनको तयारीमा जुटेको छ। बैठकले अधिवेशनको लागीे जिम्मेवारी व्याक्तिलाइ आवश्यक जिम्मेवारी समेत तोकेको छ साथै फागुन २१ गते हुने जिल्ला अधिबेशनको तयारीको लागि सम्पुर्णले एकरुपताका साथ लाग्ने निर्णय समेत गरेको छ ।

बैठकमा बक्ताहरुले पार्टीका नेता उत्पादन गर्ने थलो भनेको अनेरास्ववियु भएकाले संगठनलाई मजबुत र बलियो बनाउन आवश्यक रहेको बताउनु भएको थियो । साथै संगठनको अधिवेशनको तयारी सगैं स्थानिय तहको चुनावको तयारीमा जुट्न आग्रह गर्नु भएको थियो ।

 

बैठक अनेरास्ववियु शिवराज नगर कमिटीका उपाध्क्ष राहुल यादवको अध्यक्षता , अनेरास्ववियु शिवराज नगर कमिटी सचिव अर्जुन बेल्बासेको संचालनमा सम्पन्न बैठकमा नेकपा (एमाले) जिल्ला कमिटी सदस्य एवम शिवराज नगर सह इन्चार्ज टोपलाल पोख्रेल ,एमाले शिवराज नगर कमिटी अध्यक्ष जगत पौडेल , उपाध्क्ष महादेव पोख्रेल , अनेरास्ववियु पुर्व केन्द्रिय कमिटी सदस्य केशव खनाल लगायत अनेरास्ववियु शिवराजका कार्यसमितीहरुको उपस्थिती रहेको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu