Connect with us
Kapilvast Forest

तिलोत्तमामा विभिन्न पार्टी परित्याग गरी ठूलो संख्यामा एमालेमा प्रवेश

२०७८, १४ फाल्गुन शनिबारमा प्रकाशित

तिलोत्तमा-रुपन्देहीको तिलोत्तमा नगरपालिकामा विभिन्न पार्टी परित्याग गरेर ठूलो संख्यामा स्थानीय नेता, कार्यकर्ता तथा शुभेच्छुकहरु नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा प्रवेश गरेका छन् । शनिबार वडा नम्बर ११ स्थित बेबरीमा आयोजित एक कार्यक्रममा उनीहरुलाई एमालेका केन्द्रीय सचिव तथा रुपन्देही क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्माले पार्टीमा प्रवेश गराए ।

शनिबार वडा नम्बर ७, १० र ११ मा अन्य पार्टीमा रहेका स्थानीय नेता, कार्यकर्ता तथा शुभेच्छुकहरु एमालेमा प्रवेश गरेका हुन् । नेकपा (माओवादी केन्द्र) वडा नम्बर १० का वडा कमिटी अध्यक्ष कलम बहादुर चौधरीको नेतृत्वमा सिंगो वडा कमिटी नै एमालेमा प्रवेश गरेको कार्यक्रममा जानकारी गराइएको छ । यस्तै वडा नम्बर ७ बाट सागर थापा र वडा नम्बर ११ बाट बेमबहादुर बरालको नेतृत्वमा युवाहरु पार्टी प्रवेश गरेका छन् ।

पार्टी प्रवेश गर्नेहरुले एमालेले संघीय, प्रदेश सरकारमा रहँदा गरेका विकास निर्माण तथा तिलोत्तमा नगर सरकारले गरेका कामबाट आफूहरु प्रभावित रहेको र मुलुकलाई विकास गर्ने पार्टी एमाले रहेको ठहर गरी आफूले एमाले पार्टी रोजेको बताएका थिए । कार्यक्रममा पार्टी सचिव विश्वकर्माले एमाले पार्टी प्रवेश गर्नेहरुले उचित जिम्मेवारी प्राप्त गर्ने बताए ।

सो अवसरमा पार्टीका पोलिटब्यूरो सदस्य दधिराम न्यौपाने, रुपन्देही जिल्ला अध्यक्ष तेजेन्द्र केसी, युवा नेता आशिष पाठक लगायतले बोलेका थिए । एमाले तिलोत्तमा नगर कमिटी अध्यक्ष तामनाथ पाण्डेयको अध्यक्षता, उपाध्यक्ष नेत्र वनको स्वागत तथा सचिव मिनप्रसाद पोखरेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu