Connect with us
Kapilvast Forest

एमालेसँग वार्ताका लागि कांग्रेस नेताहरु बालकोटमा

२०७८, १४ फाल्गुन शनिबारमा प्रकाशित

 

काठमाडौं- नेकपा एमालेसँग वार्ताका लागि नेपाली कांग्रेसका नेताहरु बालकोट पुग्नु भएको छ ।प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच वार्ता अघि दोस्रो तहका नेताहरु वार्ताका लागि बालकोट पुग्नु भएको हो ।

कांग्रेस उपसभापति पूर्णवहादुर खड्का,सन्चारमन्त्री ज्ञानेन्द्रवहादुर कार्की लगायतका नेता बालकोट पुग्नु भएको छ ।एमाले उपाध्यक्ष बिष्णु पौडेल,महासचिव शंकर पोखरेल,उपमहासचिव विष्णु रिमाल लगायत पनि बालकोटमै हुनुन्छ ।

माओवादीको लिखित निर्णय आउन ढिला भएपछि देउवाले आजै बालकोट पुगेर ओलीलाई भेट्ने तयारी गर्नु भएको छ ।प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच निर्णायक वार्ताअघि एमाले र कांग्रेसका दोस्रो तहका नेताहरुबीच बालकोटमै छलफल सुरु भएको हो ।बिहीबार र शुक्रबार लगातार लामो छलफल गरेका दुई पार्टीबीचको आजको वार्तालाई निर्णायक र अर्थपूर्ण मानिएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu