Connect with us
Kapilvast Forest

पशुपति क्षेत्रका भित्तामा शिवरात्रि झल्काउने चित्र

२०७८, १४ फाल्गुन शनिबारमा प्रकाशित

 

 

काठमाडौं- महाशिवरात्रिकाे पूर्वसन्ध्यामा पशुपतिनाथ क्षेत्रका भित्तामा शिवरात्रि झल्काउने चित्रहरु बनाइएकाे छ ।करिब एक महिनादेखि पशुपतिनाथ क्षेत्रका भित्तामा शिव,पार्वती, गणेश, हनुमान, पशुपतिनाथ, गाई र त्रिशुलका चित्र बनाइएकाे पशुपति क्षेत्र विकास काेषका प्रवक्ता रेवतीरमण अधिकारीले बताए ।

 

उनका अनुसार शिवरात्रिकाे महिमा चित्रकलामार्फत पशुपतिनाथ दर्शन गर्न आउने दर्शनार्थीसम्म पुर्‍याउने उद्देश्यले चित्रकला बनाइएको हो । उनले भने, ‘पशुपति क्षेत्र विकास काेषले यस वर्षदेखि नै पशुपतिनाथ क्षेत्रका भित्तामा शिवरात्रि, शिवकाे महिमा झल्काउने चित्रकला बनाउन थालेकाे छ ।’प्रवक्ता अधिकारीका अनुसार कोषले पशुपतिनाथमा रङ्गराेगन, पेन्टिङलगायत गरेर करिब ३५ लाख रुपैयाँ बजेट छुट्याएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu