Connect with us
Kapilvast Forest

कपिलवस्तुमा ड्युटीमा खटिएका प्रहरीले शिक्षक कुटे

२०७८, १४ फाल्गुन शनिबारमा प्रकाशित

तौलिहवा-कपिलवस्तु अस्पतालमा ड्युटीमा रहेका प्रहरी जवानबाट एक शिक्षक कुटिएका छन् । श्री रत्न राज्य लक्ष्मी मा.वि. तौलिहवामा कार्यरत शिक्षक दिनेश बढईलाई प्रहरी जवान सर्वजित हरिजनले कुटपिट गरेका हुन् ।

आफ्नी श्रीमतीको उपचारमा रहेका शिक्षक बढई र अस्पतालकी परिचारिका विच तातो पानी माग्ने विषयमा सामान्य भनाभन हुदै गर्दा प्रहरी जवान हरिजनले शिक्षक बढई माथि हातपात गरेका थिए । रक्सीको मातमा रहेका प्रहरी जवान हरिजनले आफुलाई विना कसुर लठ्ठीले ठुलो चोट लाग्ने गरी कुटेको शिक्षक बढईले बताए ।

सुरक्षाकर्मीबाटै भएको शिक्षक कुटपिटको घटना प्रति जिल्लाका शिक्षक संवद्ध संघ संगठनहरुले विरोध जनाएका छन् । कुटपिटमा संलग्न प्रहरी जवान हरिजन उपर कारवाही हुनु पर्ने र अस्पतालमा आउने विरामी तथा विरामीका कुरुवाहरुको सुरक्षा संवेदनशीलता तर्फ स्थानीय प्रशासन सतर्क हुनु पर्ने अगुवा शिक्षक मोहन शुक्लाले बताए । घटनको सत्य तथ्य छानविन गरी दोषी उपर कडा कारवाही हुनु पर्ने नेपाल शिक्षक संघ कपिलवस्तुले जनाएको छ ।

ड्युटीकै समयमा रक्सी सेवन गरी आफ्नो पदको दुरुपयोग गर्ने प्रहरी जवान हरिजनलाई कडा कारवाही गर्नु पर्ने सामाजिक संजाल मार्फत स्थानीय प्रशासन संग स्थानीय अगुवा नागरिकहरुले माग समेत गरेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu