Connect with us
Kapilvast Forest

रुसले तुरुन्त युद्ध बन्द गरेर सैनिक फर्काउनुपर्छ : वामदेव गौतम

२०७८, १५ फाल्गुन आईतवारमा प्रकाशित

काठमाडौं -राष्ट्रियसभा सदस्य वामदेव गौतमले रुसले युक्रेनमाथिको आक्रमण तुरुन्त बन्द गर्नुपर्ने बताउनु भएको छछ ।आइतबार एक विज्ञप्ति जारी गरी उनले रुसले गरेको आक्रमण दोस्रो विश्वयुद्धपछि सुरु भएको राष्ट्रिय स्वतन्त्रता, समृद्धि र लोकतन्त्रको विश्व प्रवृत्तिका विरुद्ध रहेको बताउनु भएको छ ।

 

‘यो युद्ध दोस्रो विश्युद्धको अन्त्यबाट विकसित भएको विश्व प्रवृतिका विरुद्धमा छ । शान्तिपूर्ण बाटोबाट आफ्नो विकास गर्न चाहने नेपालजस्ता १०० भन्दा धेरै राष्ट्रहरूका चाहनाका विरुद्धमा छ’ उहाँले भन्नु भयो ।

नेता गौतमले यो अवस्थालाई ह्रदयंगम गर्दै रुसले तुरुन्त युद्ध बन्द गरेर आफ्ना सैनिक फर्काउनुपर्ने र शान्ति वार्ताबाट दुई राष्ट्रका बीचको समस्या समाधान गर्नुपर्ने बताउनु भयो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu