Connect with us
Kapilvast Forest

सभामुख र माधव नेपालहरूको पद जाने भएकाले एमसीसीको पक्षमा उभियौं:प्रचण्ड

२०७८, १५ फाल्गुन आईतवारमा प्रकाशित

 

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी अनुमोदनको विपक्षमा उभिँदा एमाले र कांग्रेस मिलेर सभामुख हटाउने तथा माधव नेपालसहित १४ सांसदको पद खारेज हुने भएकाले व्याख्यात्मक टिप्पणीसहित अनुमोदनको निर्णय गरिएको बताउनु भएको छ ।

 

माओवादी संसदीय दलको बैठकमा सांसदहरूलाई कन्भिन्स गर्दै प्रचण्डले गठबन्धन र संविधान जोगाउन एमसीसी पास गर्ने निर्णय भएकाले यसलाई गलत अर्थमा नबुझ्न आग्रह गर्नु भएको छ ।

प्रचण्डको भनाइ उदृत गर्दै एक सांसदले भने, ‘तपाईंहरूले देखिहाल्नुभयो गठबन्धन भत्काउन केपी ओलीले कति अग्रसरता देखाउनु भयो । बालकोट र बालुवाटारको उठबस बाक्लियो । यसबाट हामीले संघर्ष गरेर बनाएको प्रतिगमनविरोधी गठबन्धन भत्किने, संविधान संकटमा पर्ने र केपी ओली फेरि हाबी हुने भए ।’

 

गठबन्धन पनि जोगिने र एमसीसी पनि समाधान हुनेगरी व्याख्यात्मकटिप्पणीको निर्णय भएको र यसलाई मन्त्रिपरिषद्ले पारित गरेर संसदमा लगिने उहाँले बताउनु भयो । बैठकमा प्रचण्डले व्याख्यात्मक टिप्पणी पढेर सुनाउनु भएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu