Connect with us
Kapilvast Forest

चन्द्रौटाका खाद्य पसलहरु अनुगमन

२०७८, १५ फाल्गुन आईतवारमा प्रकाशित

कपिलवस्तु-कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटा बजार क्षेत्रमा रहेका खाद्य पसलहरु अनुगमन गरिएको छ । आईतवार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको आयोजनामा भएको अनुगमनमा नागरिकहरुको स्वास्थ्यमा खेलवाड गर्ने कसैको अधिकार नरहेकोले गुणस्तरीय खाद्य बस्तुहरु बिक्रि गर्न आग्रह गरिएको छ ।

कतिपय व्यवासयिहरुले अखाद्य वस्तु वेच्ने गरेकोले त्यस्ता व्यावसायीलाई कडाईको साथ निर्देशन दिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख शिवसंकर मिश्रले बताउनुभयो । विभिन्न समयमा गरिने बजार अनुगमनले कालोबजारी नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास रहेको मिश्रले बताउनुभयो । १२ वटा पसलहरुको अनुगमन गरिएको र यस भन्दा अघि गरिएको अनुगमन भन्दा धेरै सुधार देखिएको उहाँले बताउनुभयो ।

कतिपय पसलहरुले कालोबजारी गरेको भन्ने गुनासाहरु आउने गरेकोले उक्त कार्यलाई रोक्न अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुका अधिकृत विष्णु पोख्रेलले बताउनुभयो ।

अनुगमन गरिएका पसलहरुमा मुल्य सुचि नभएको,नविकरण नगरिएको,अखाद्य बस्तु विक्री गर्न राखिएको लगाएतका कमिकमजोरी भेटिएका छन् । अनुगमनमा शिवराज नगरपालिका रोजगार शाखा अधिकृत पर्शुराम घिमिरे, वडा प्रहरी कार्यालयका प्रतिनिधि, पत्रकारहरुको सहभागितामा अनुगमन सम्पन्न भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu