Connect with us
Kapilvast Forest

व्याख्यात्मक घोषणाको प्रस्ताव ल्याउँछु: अर्थमन्त्री शर्मा

२०७८, १५ फाल्गुन आईतवारमा प्रकाशित

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले अमेरिकी सहयोग परियोजना एमसीसीबारे उठेको प्रश्नमा व्याख्यात्मक घोषणाको प्रस्ताव ल्याउने बताएका छन् ।

नेपाल सरकार र मिलेनियम च्यालेन्ज कर्पोरेसनबीच भएको सम्झौतामाथि संसदमा भएको सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री शर्माले एमसीसीबारे उठेको बहस, नेपाली जनताको चासो र चिन्ताबारे सरकारको ध्यानाकर्षण भएको बताए ।

 

उनले अघि भने, ‘यी सबै प्रश्न, हाम्रो देशको अवस्था समेतका आधारमा अन्तराष्ट्रिय कानुनको सिद्धान्त र नेपालको कानुनमा भएको व्यवस्थाअनुसार व्याख्यात्मक घोषणा तयारी पारी सरकारको तर्फबाट प्रस्तुत हुने स्पष्ट पार्न चाहन्छु ।’ नेपाल सैन्य रणनीतिको हिस्सेदार हुन नसक्ने भन्दै उनले व्याख्यात्मक घोषणाले आम जनतामा उठेका प्रश्नको जवाफ दिने बताएका छन् ।

लगत्तै संसदले सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव ध्वनि मतका आधारमा पास भएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu