Connect with us
Kapilvast Forest

एमसीसी पारित गराै; सहयाेग लिएर देश विकास गराैँ : गगन थापा

२०७८, १५ फाल्गुन आईतवारमा प्रकाशित

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) व्याख्यात्मक घोषणासहित पारित गर्न आग्रह गर्नुभएको छ ।प्रतिनिधि सभाको आज आइतवारको बैठकमा नेपाल सरकार र एमसीसीबीच भएको अनुदान सहायता सम्झौतामाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उहाँले यस्ताे बताउनुभएको हो ।

सबैको सहमतिमा एमसीसी पारित होस् भन्ने कांग्रेसको चाहना रहेको र त्यसका लागि प्रयास गरेको बताउँदै उहाँले नेपालले सबैसँग सहयोग लिएर विकास गर्नुपर्छ भनेर नै यसअघि भारतसँग बिप्पा, चीनसँग बीआरआई र अमेरिकासँग एमसीसी सम्झौता गरिएको स्पष्ट पार्नुभयो ।

वर्तमान संसदमा रहेका सबै पूर्वप्रधानमन्त्री र पछिल्ला १० वर्षका सरकारमा रहेका सबै दल एमसीसी सम्झौतालाई अगाडि बढाउन संलग्न भएको स्मरण गराउँदै उहाँले पहिला सम्झौता गरेर अहिले विरोध गर्नुको कुनै अर्थ नभएको बताउनुभयो । एमसीसी सम्झौता अनुमोदन भएपछि नेपालको कानुनभन्दा माथि हुन्छ भनेर अनावश्यक हल्ला फैलाइएको दाबी गर्दै नेता थापाले सबैले सम्झौता गरेको अवस्थामा सबै मिलेर सम्झौताका बारेमा स्पष्ट पार्नुपर्ने बताउनुभयो ।

नागरिकस्तरबाट उठेका प्रश्नको संसद्ले स्पष्ट पार्नुपर्ने आवश्यकता ठहर गर्दै व्याख्यात्मक घोषणासहित सम्झौता अनुमोदन गरिनुपर्ने उहाँको भनाइ थियो । व्याख्यात्मक घोषणामा लेखिएको विषय अर्को पक्षले मानेपछि मात्र सन्धि अगाडि जाने उल्लेख गर्दै सन्धिमा लेखिएभन्दा तलमाथि भए पनि नेपालले सन्धि खारेज गर्छ भन्ने विषय पारित गरिनुपर्ने बताउनुभयो ।

‘एमसीसी पारित गरौँ; अमेरिका, चीन, भारतसँग सहयोग लिएर देशको पक्षमा काम गरौँ’, सांसद थापाले भन्नुभयो, ‘उठेका प्रश्न व्याख्यात्मक घोषणा सरकारले ल्याओस् त्यसमा छलफल गरौँ, घोषणासहित त्यसलाई पारित गरौँ ।’

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu