Connect with us
Kapilvast Forest

ईमिलियामा नागरिक आरोग्य सेवा केन्द्र संचालन

२०७८, १५ फाल्गुन आईतवारमा प्रकाशित

 

कपिलवस्तु-कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नम्बर ९ ईमिलियामा नागरिक आरोग्य सेवा केन्द्र संचालन गरिएको छ । कपिलवस्तु आयुर्बेद स्वास्थ्य केन्द्रको प्राबिधिक सहयोमगमा नगरपालिकाले सेवा केन्द्र संचालनमा ल्याएको हो ।

मेयर केवश क्ुमार श्रेष्ठले उदघाटन गरी केन्द्र संचालन गरिएको हो । सो अवसरमा मेयर श्रेष्ठले नगरपालिकाको नीति अनुसार नै केन्द्र संचालन गरिएको बताए । उनले गत बर्ष नै केन्द्र संचालनमा ल्याउन खोजे पनि प्राबिधिक कारणले नसकेको भन्दै यस बर्ष देखि संचालन भएकोमा खुशी ब्यक्त गरे । उनले अब नगरबासीहरुले आयुर्बेद प्रणालीबाट उपचारको सेवा पाउने उनले बताए ।

सो अवसमा कपिलवस्तु आयुर्बेद स्वास्थय केन्द्रका प्रमुख डाक्टर प्रबेश श्रीवास्तवले सरकारको एक नगरपालिका एक आयुर्बेद केन्द्र संचालन गर्ने नीति अनुरुप नै यो केन्द्र संचालनमा लयाइएको बताए । उनले केन्द्रमा हप्ताको ३ दिन उपचार र औषधी बितरण बाकी रहेका दिनमा नगरक्षेत्र भित्र योृग शिबिर लगातयका जनचेतनामुलक कार्यक्रम गरिने बताए । मेयर श्रेष्ठको अध्यक्षता, राजन कुमार पोख्रेलको संचालनमा भएको कार्यक्रममा एमालृेका नगर अध्यक्ष देबीराम बेल्बासे, कांग्रेसका नगर अध्यक्ष माधव दमासे लगातयले शुभकामना मन्तब्य दिएका थिए ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu