Connect with us
Kapilvast Forest

म यस्तो गीत गाउँछु २’को व्यापार दुई दिनमा एक करोड ६० लाख रुपैयाँ

२०७८, १६ फाल्गुन सोमबारमा प्रकाशित

 

काठमाडौं- शुक्रबारदेखि देशभरका सिनेमा हलमा प्रदर्शन भइरहेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ले बक्स अफिसमा आक्रामक सुरुवात गरेको निर्माणपक्षले दाबी गरेको छ ।

शुक्रबारदेखि रिलिज भएको यो चलचित्रले दुई दिनमा एक करोड ६० लाख रुपैयाँको ग्रस कलेक्सन गरेको निर्माणपक्षले उपलब्ध गराएको आँकडामा उल्लेख छ ।

 

यो चलचित्रले शुक्रबार देशभरका हलमा ७० लाखको व्यापार गरेको छ भने शनिबार एक करोड ६० लाखको व्यापार गरेको वितरक करण क्रेजीले जानकारी दिए । आइतबार पनि चलचित्रको व्यापार सुखद् रहेको भन्दै करणले तीन दिनमा दुई करोड माथिको ग्रस कलेक्सन भएको बताए ।

निर्माणपक्ष, वितरक र प्रदर्शकको आँखा अब मंगलबार परेको शिवरात्रीको बिदामा छ । अधिकांश मल्टिप्लेक्सहरुले मंगलबारका लागि चलचित्रको शो वृद्धि गरिसकेका छन् ।

 

सुदर्शन थापाको निर्देशनमा तयार भएको यो चलचित्रमा पल शाह, पूजा शर्मा, हरिहर शर्मा, दिनेश डीसी, गणेश गिरी लगायतका कलाकारको अभिनय छ । चलचित्रले कोरोनाका कारण सुस्ताएको नेपाली चलचित्रको बक्स अफिसलाई चलायमान बनाइदिएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu