Connect with us
Kapilvast Forest

रुसी आक्रमणको विरोधमा काठमाडौंमा प्रदर्शन

२०७८, १६ फाल्गुन सोमबारमा प्रकाशित

काठमाडौं-युक्रेनमाथि गरेको आक्रमणको विरोध गर्दै रूसलाई तत्काल युद्व रोक्न आग्रह गर्दै मानव अधिकार तथा शान्ति समाजले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ।

काठमाण्डौको बौद्धनाथ अगाडि गरिएको प्रदर्शनमा शान्तिवादीले रूसले युक्रेनमाथि गरेको आक्रमणको विरोधमा हातमा कालोपट्टी बाँधेका थिए भने हातमा मैनवत्ती बोकेर युक्रेनी जनता तथा युक्रेनमा रहेका सबै मानिसको जीवन रक्षाका लागि आह्वान गरेका थिए।

आधा घण्टासम्म भएको प्रदर्शनमा, युक्रेनमाथि रूसको आक्रमण मानवता विरुद्धको अपराध हो, रूस: तत्काल युद्ध रोक, रूस: मानवता विरुद्धको अपराध बन्द गर, युक्रेनी जनताको जीवन रक्षा गर, युक्रेनमा रहेका सबै मानिसको जीवन रक्षा गर, रुस: तत्काल सैनिक फिर्ता गरि युद्व रोक लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो।

प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सल्लाहकारद्वय होमकान्त चौलागाई र उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, महासचिव रामकृष्ण बराल, सचिव नम्रता खरेल, कोषाध्यक्ष जगन्नाथ पुडासैनी लगायत ६० जनाको सहभागिता थियो।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu