Connect with us
Kapilvast Forest

जापानमा सञ्चालित नेपाली स्कुलमा पनि एसईई हुने

२०७८, १६ फाल्गुन सोमबारमा प्रकाशित

 

काठमाडौं- जापानको टोकियोस्थित नेपाली स्कुल एभरेष्ट इन्टरनेशनल स्कुलमा पनि माध्यमिक शिक्षा परीक्षा ९एसईई० सञ्चालन हुने भएको छ । उक्त स्कुलका नेपाल संयोजक दयानन्द कपाडीका अनुसार एसईई गत वर्षदेखि सुरु भएको हो ।

गत वर्ष कोभिड–१९ का कारण आन्तरिक मूल्यांकनको आधारमा परीक्षा भएको थियो भने यो वर्ष राष्ट्रिय परीक्षा बोर्डको मापदण्ड अनुसार हुनेछ ।

 

एसईईमा १९ जना विद्यार्थी सहभागी हुने संयोजक कपाडीले जानकारी दिए । गत वर्ष २४ जना विद्यार्थीले एसईई उत्तीर्ण गरेका थिए ।परीक्षाको लागि अनलाइन मार्फत प्रश्नपत्र पठाउने तयारी भएको एसईईका परीक्षा नियन्त्रक अर्जुन पराजुलीले बताउनु भयो । उहाँले भने ‘प्रश्नपत्र प्लेनबाट पठाउने अथवा अनलाइनबाट भन्ने निर्णय भइसकेको छैन । सम्भवत अनलाइन माध्यम मार्फत नै हुन्छ ।’

 

विद्यार्थीको उत्तरपुस्तिका केन्द्राध्यक्षले रुजु गरेर सिलबन्दी गरी नेपाल पठाउने संयोजक कपाडीले बताउनु भयो । ९० प्रतिशत विद्यार्थी नेपाली मुलका र बाँकी जापानिज, भारतीय तथा दक्षिण एसिया मुलका विद्यार्थीहरु रहेको संयोजक कपाडीले जानकारी दिनु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu