Connect with us
Kapilvast Forest

२४ घण्टामा १८० संक्रमित थपिए, ४०० जना संक्रमणमुक्त

२०७८, १६ फाल्गुन सोमबारमा प्रकाशित

काठमाडौं -पछिल्लो २४ घण्टामा देशभर १८० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कुल ८ हजार ३४१ जनामा नमुना परीक्षण भएकामा १८० जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा ४०० जना संक्रमणमुक्त भएका छन् ।

 

यसैबीच पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ९३६ पुगेको छ । हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ७६ हजार ९८४ र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३९ हजार ३८७ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म ९ लाख ५६ हजार ४१३ जना निको भएका छन् ।
हाल देशभर ८ हजार २३५ जना सक्रिय संक्रमित रहेका छन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu