Connect with us
Kapilvast Forest

शिवराज ५ प्रगति टोलमा एमाले द्वारा टोल कमिटि गठन, अध्यक्षमा भुसाल

२०७८, १६ फाल्गुन सोमबारमा प्रकाशित

कपिलवस्तु-शिवराजमा नेकपा एमालेले पार्टी संगठन बिस्तार एवं सुदृढिकरण अभियान लाई तिव्रता दिएको छ । सोहि अन्तरगत आज (सोमबार) शिवराज नगरपालिका वडा नं ५ प्रगति टोलमा टोल कमिटि गठन गरेको छ ।

रमेश भुसालको अध्यक्षतामा १५ सदस्यीय टोल कमिटि गठन गरिएको छ । आज भएको आज गठित भएको प्रगति टोल कमिटीको उपाध्यक्षमा शुमित्रा भुसाल , सचिवमा विष्णु पाण्डे , सह सरस्वती भट्रराई र सिता बेल्बासे चयन हुनु भएको नेकपा एमाले शिवराज नगर कमिटी सदस्य नेत्र प्रसाद बेल्बासेले जानकारी दिनु भयो । त्यस्तै सदस्यमा मनोज बेल्बासे , लक्ष्मी बेल्बासे ,हरी बेल्बाससहित १५ सदस्यीय टोल कमिटि गठन गरिएको बेल्बासेले जानकारी दिनु भयो ।

टोल कमिटी गठन एवम भेलामा नेकपा एमाले कपिलवस्तु जिल्ला कमिटी सदस्य एवम शिवराज नगर सह इन्चार्ज बाबुराम सापकोटा , नेकपा एमाले शिवराज नगर कमिटी अध्यक्ष जगत पौडेल, नेकपा एमाले पुर्व जिल्ला कमिटी सदस्य राम प्रसाद पौडेल, नेकपा एमाले पुर्व सल्लाकार सदस्य शोभाखर पौडेल , नेपाल राष्ट्रिय उध्योग ब्यवसाय महासँघ शिवराज अध्यक्ष एवम  नेकपा एमाले शिवराज नगर कमिटी सदस्य अर्जुन प्रसाद बेल्बासे ,नगर कमिटी सदस्य रेस्मा पाण्डेलगायत नेकपा एमाले शिवराजका नेताहरुको सहभागिता रहेको कार्यक्रम नेकपा एमाले शिवराज वडा न ५ वडा कमिटी अध्यक्ष कृष्ण कार्किको अध्यक्षतामा सम्पन्न भएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu