Connect with us
Kapilvast Forest

रुपन्देहीमा गुडीरहेको ट्याक्टरबाट खसेर एकको मृत्यु

२०७८, १५ चैत्र मंगलवारमा प्रकाशित

death

काठमाडौं- रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ मा सोमबार बेलुकी गुडीरहेको ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ ।

लु १ त ६८४२ नम्बरको ट्याक्टरमा सवार बर्दियाको राजापुर नगरपालिका–४ का १६ वर्षीय संगम थारुको सोही ट्याक्टरको चक्काले किचेर मृत्यु भएको हो ।

ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका थारुको उपचारको क्रममा भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स अस्पतालमा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।
ट्याक्टर सहित चालकलाई भने वडा प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu