Connect with us
Kapilvast Forest

पर्या–पर्यटनको केन्द्र लुम्बिनी

२०७८, १६ चैत्र बुधबारमा प्रकाशित

 

काठमाडौँ —यो बुद्ध जन्मस्थल लुम्बिनीको आँगन हो । यहाँ पुग्नासाथ शान्तिको अनुभूति हुन्छ । दया, माया र प्रेरणा पलाउँछ । सद्भाव, करूणा, मैत्री र मुदिताको भाव जाग्छ । यो पवित्र उद्यान हो । बुद्ध जन्मिएपछि लुम्बिनी विश्वसामु चिनिएको हो । यो बुद्ध जन्मस्थल मात्र होइन, प्रदेशको पर्यटकीय केन्द्रसमेत हो । यसलाई केन्द्र मानेर प्रदेशका पर्यटकीय गन्तव्यको प्रवर्द्धन भइरहेको छ । यहाँबाट बर्दिया निकुञ्जको वन्यजन्तु सफारीदेखि पहाडका रमणीय ‘हिल स्टेसन’ जोड्न पहल भइरहेको छ ।

लुम्बिनी क्षेत्र प्रदेशको पर्यटकीय हबकै रुपमा विकास भइरहेको छ । तिलौराकोटदेखि त्रिवेणीसम्म पुराताफ्विक, सांस्कृतिक, ऐतिहासिक, प्राकृतिक सम्पदा र धरोहरले सम्पन्न छ । पर्या–पर्यटनको उत्तिकै आकर्षण छ । यो क्षेत्रमा पहिचान भएका मात्रै ऐतिहासिक र पुराताफ्विक महफ्वका स्थल ३ सयभन्दा बढी छन् । नभएका त्योभन्दा बढी छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu