Connect with us
Kapilvast Forest

त्रिकोणात्मक टी-२० शृङ्खलाअन्तर्गत नेपालले आज मलेसियासँग खेल्दैछ

२०७८, १६ चैत्र बुधबारमा प्रकाशित

 

 

काठमाडौं- त्रिकोणात्मक टी-२० शृङ्खलाअन्तर्गत नेपालले आज मलेसियासँग खेल्दैछ । दुवै टिमको यो दोस्रो खेल हो । नेपाल र मलेसियाले यसअघि पपुवा न्यूगिनी (पीएनजी) लाई पराजित गरिसकेका छन् ।

शृङ्खलाकै पहिलो खेलमा नेपालले पीएनजीलाई १५ रनले पराजित गरेको थियो भने मंगलबार भएको खेलमा मलेसियाले पीएनजीलाई ८ रनले हराएको थियो ।

 

नेपाल र मलेसियाबीचको खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साढे १२ बजे सुरु हुनेछ ।

गत वैशाखमा नेपालमै भएको नेपाल र नेदरल्याण्ड्ससहितको त्रिकोणात्मक शृङखला खेलेपछि अन्तर्राष्ट्रिय क्रिकेट नखेले पनि मलेसियाले पीएनजीलाई हराएर सनसनी मच्चाएको छ । त्यसैबेला नेपालले दुवै खेलमा मलेसियालाई पराजित गरेको थियो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu