Connect with us
Kapilvast Forest

५०औं टी-२० अन्तर्राष्ट्रिय खेल खेल्दै नेपाल

२०७८, १७ चैत्र बिहीबारमा प्रकाशित

काठमाडौं- घरेलु मैदानमा भइरहेको त्रिकोणात्मक टी-२० श्रृंखलाको तेस्रो खेलमा नेपालले आज पपुवा न्यूगिनी (पीएनजी)सँग खेल्दै छ । खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय मैदानमा १२ः३० बजे सुरु हुनेछ ।

पीएनजीविरुद्ध मैदान उत्रँदा नेपाली क्रिकेट टिमको लागि त्यो विशेष खेल हुनेछ । किनकि यही खेलबाट नेपालले टी-२० अन्तर्राष्ट्रियमा ५० खेलको कोशेढुंगा पूरा गर्नेछ ।

सन् २०१४ मा बंगलादेशमा आईसीसी टी-२० विश्वकप क्रिकेटमा डेब्यु गरेको नेपालले त्यही पहिलो टी-२० अन्तर्राष्ट्रिय खेल खेलेको थियो । विश्वकप भएकाले नेपालले पहिलो चरणमा त्यहाँ खेलेका तीनवटै खेलले टी-२० मान्यता पाएको थियो ।

नेपालले हङकङसँग त्यो ऐतिहासिक टी-२० अन्तर्राष्ट्रिय खेलेको थियो र त्यसमा जित हात पारेको थियो । चटगाउँमा भएको उक्त खेल नेपालले ८० रनले जितेको थियो । खेलमा शक्ति गौचन म्यान अफ दि म्याच भएका थिए ।

नेपालले पीएनजीलाई हराएमा एक खेल अगावै फाइनलमा स्थान पक्का गर्नेछ । पीएनजीका लागि भने फाइनल सम्भावना कायम राख्न नेपाल विरुद्धको खेल जित्नैपर्छ ।
बंगलादेशबाट सुरु भएको टी-२० अन्तर्राष्ट्रिय यात्रामा नेपालले आयरल्याण्ड, युएई, लर्ड्स, ओमान लगायत ठाउँ पुगिसकेको छ । अहिले संयोग कस्तो जुरेको छ भने नेपालले ऐतिहासिक ५० औं खेल घरेलु मैदानमा खेल्दैछ ।

नेपालले अहिलेसम्म खेलेका ४९ खेलमध्ये २७ खेल जितेको छ । २१ खेलमा हार व्यहोर्दा एक खेल नतिजा विहीन बनेको थियो । नेपालको जित प्रतिशत ५६.२५ रहेको छ ।

नेपालको लागि टी-२० अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने खेलाडी दीपेन्द्र सिंह ऐरी हुन् । उनले ३६ खेलमा ३१ इनिङ्स ब्याटिङ गर्दै ३ अर्धशतकको मद्दतमा ८०३ रन बनाएका छन् । यस्तै कप्तान सन्दीप लामिछानेले ३५ खेल खेल्दै सर्वाधिक ६७ विकेट लिएका छन् । नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ४० टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।

अहिलेसम्म १६ राष्ट्रले ५० वा त्योभन्दा धेरै टी-२० अन्तर्राष्ट्रिय खेल खेलिसकेको छ । सबैभन्दा धेरै टी-२० अन्तर्राष्ट्रिय खेल्ने टिम पाकिस्तान हो । पाकिस्तानले १८९ खेल खेलेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu