Connect with us
Kapilvast Forest

प्रदेशीको अवस्था बुझ्न श्रीधर पुगे भारत

२०७८, १७ चैत्र बिहीबारमा प्रकाशित

 

प्यार अलि खान-माण्डवी गाउँपालिका प्यूठानका अध्यक्ष श्रीधर रोका प्रदेशीको अवस्था बुझ्न भारत पुगेका छन्।नजिकिँदै गरेको स्थानीय तहको निर्वाचनमा रोजगारीको सिलसिलामा जिल्ला बाहिर रहेका आफ्ना गाउँपालिका बासीहरुलाई भेटघाट गर्न, छलफल गर्न तथा आगामी रणनीति तय गर्न भारत भ्रमणमा रहेको अध्यक्ष रोकाले जानकारी दिए।


माण्डवी गाउँपालिकाका करिब २ हजार युवा रोजगारीका क्रममा भारतका विभिन्न शहरहरूमा रहेको उनले बताए।युवाहरुलाई स्वदेशमै रोजगारीको सुनिश्चितता के-कसरी गर्न सकिन्छ र उनीहरुलाई कसरी फर्काउन सकिन्छ भन्नेबारे भेटघाटमा गम्भीरतापूर्वक छलफल चलिरहेको उनी बताउँछन्।


‘कोरोनाको तथा लकडाउनको समयमा गाउँपालिकाले गरेको सहयोग प्रदेशीहरुले सम्झीरहनु भएको रहेछ। अध्यक्ष रोकाले भने , ‘हालसम्म हामीले गरेको कामको प्रसंशा गर्दै उहाँहरूले पुन अध्यक्ष पदमा उठ्न सुझाव दिनु भएको छ।’
अध्यक्ष रोकाले भारतको लखनौं, चेन्नई, हैद्राबाद, दिल्ली, हरियाणा, गाजियाबाद, पानीपथ, गुडगाउँ, फरिदाबाद लगायतका शहरहरूमा रहेका माण्डवी गाउँपालिका बासीहरूलाई भेट्ने कार्यक्रम रहेको छ।


एमाले प्युठानका उपसचिव समेत रहेका रोका आगामी स्थानीय तहको निर्वाचनमा पुनः अध्यक्षमै दोहोरिने सक्नेबारे अनुमान लगाउन सकिन्छ। भ्रमणमा एमाले प्यूठानका पूर्व उपसचिव मधुर शर्मा समेत रहेका छन्। स्थानीय चुनाव नजिकिँदै आईरहेकाबेला गाउँपालिका अध्यक्ष रोकाको भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu