Connect with us
Kapilvast Forest

एकताबद्व भएर चुनावमा जाने समझदारी

२०७८, १७ चैत्र बिहीबारमा प्रकाशित

 

काठमाडौँ – सत्ता गठबन्धनमा आबद्व दलहरूले आसन्न स्थानीय चुनावमा एकताबद्व भएर जाने समझदारी भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले चुनावमा एकताबद्व भएर जाने समझदारी बनाएको नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले जानकारी दिनु भयो ।

 

‘स्थानीय निर्वाचनमा एकताबद्ध भएर जाने समझदारी बनेको छ,’ उहाँले भन्नु भयो, ‘महानगरपालिकाको विषयमा केन्द्रबाटै निर्णय लिने र अन्य स्थानीय तहको हकमा तल्ला तहलाई नै निर्णय गर्न दिने सहमति भयो ।’ उहाँले गठबन्धन दलहरूबीचको त्यस्तो समझदारीलाई कार्यान्वयन गर्न सबै दल सम्मिलित संयन्त्र बनाएर बाँकी प्रक्रियाका कामलाई अघि बढाउने निर्णय भएको बताउनु भयो ।

 

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनाल, जनता समाजवादी पार्टीबाट अध्यक्ष उपेन्द्र यादव र संघीय मामिला मन्त्री राजेन्द्र श्रेष्ठ तथा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल सहभागी हुनुन्थ्यो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu