Connect with us
Kapilvast Forest

स्थानीय तह निर्वाचनमा २०० पालिकामा जित्छौं : वर्षमान पुन

२०७८, १७ चैत्र बिहीबारमा प्रकाशित

ba punanrsam

 

 

काठमडौं – नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा आफूहरुले २०० पालिका प्रमुखमा जित हासिल गर्ने बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित राजनीतिक प्रशिक्षण कार्यक्रममा उनले स्थानीय तह निर्वाचनमा वामपन्थी दलहरुमध्ये आफूहरु पहिलो हुने दावी गरे ।

 

‘गठबन्धन भएमा एमालेले १६० पालिका जित्ने उहाँहरुकै अध्यन रिपोर्ट छ । बाहिर ७० प्रतिशत जित्छौ भनेर हल्ला गरिरहनुभएको छ’ उनले भने, ‘एक्लै पनि हामी २०० पालिका जित्छौं । वाम पार्टीमा हामी पहिलो हुन्छौं’ उनले भने ।

स्थानीय तह निर्वाचनमा २०७४ सालमा भन्दा अहिले माओवादी केन्द्रको अवस्था सुधार भएको नेता पुनको दावी छ । ‘हामी आफ्नै शक्तिमा भर पर्छौं, हामीले सबै वडाको विश्लेषण गरेका छौँ । खाली गठबन्धन गरेर जित्नेमा मात्रै भर परेका छैनौं’ उनले भने ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu