Connect with us
Kapilvast Forest

नेपाली सेनामा ४ हजार जनालाई रोजगारीको अवसर

२०७८, १७ चैत्र बिहीबारमा प्रकाशित

 

 

काठमाडौँ -नेपाली सेनामा ४ हजार जनालाई रोजगारीको अवसर खुलेको छ । सेनाले विभिन्न ब्यारेकमा सैन्य पदका लागि उक्त संख्यामा दरखास्त माग गरेको हो । यसअनुसार उपत्यका कमान्ड हेडक्वार्टर नारायणहिटी ब्यारेकमा ३५० जना, इन्द्रबक्सउ गण सूर्यविनायक ब्यारेकमा १०० जना, नयाँ श्रीनाथ गण चारआली ब्यारेकमा १०० जना, रणशेर गण ओदिम ब्यारेक (पाँचथर)मा ५०, भीमकाली गुल्म तोक्मे ब्यारेक ताप्लेजुंगमा ५० जना, नयाँ भैरवी दल गुल्म खाँदबारी ब्यारेकमा ५०, भीमदल गण सल्लेरी ब्यारेक, धनकुटामा ५० जना, कृष्ण दल गण इटहरी ब्यारेकमा २५० जना, श्रीनं २७ बाहिनी अड्डा चाहर्वा ब्यारेकमा १५०, अरिदमन गण ओखलढुंगा ब्यारेकमा १०० जना माग गरिएको छ ।

त्यस्तै, रणभीम गण प्रकौली ब्यारेक (महोत्तरी)मा १०० जना, गोरखबक्स गण लक्ष्मणडाँडा ब्यारेक चौतारा (सिन्धुपाल्चोक)मा १००, वीरदल गण ख गुल्म चन्द्रपुर ब्यारेकमा १०० जना, श्री नं २८ बाहिनी अड्डा सुपारेटार ब्यारेकमा १५० जना, श्री नं बाहिनी अड्डा बैरेनी ब्यारेक धादिंगमा १०० जना, कालीबहादुर गण भरतपुर ब्यारेकमा १५० जना, श्री नं २२ बाहिनी अड्डा योगीकुटी ब्यारेकमा ३५० जना, भगवती दल गण, फूलबारी ब्यारेक पोखरा कास्कीमा ३५० जना, श्रीमेहर गण शेराडिल ब्यारेक बागलुंगमा १०० जना, १९ बाहिनी अड्डा तुलसीपुर ब्यारेकमा १५० जना, ४ नं बाहिनी अड्डा इमामनगर ब्यारेक नेपालगन्जमा २०० जना, पश्चिम कमान्ड निमारे ब्यारेक सुर्खेतमा ३५० जना, २४ नं बाहिनी अड्डा देवलडाँडा ब्यारेक जुम्लामा १०० जना माग गरिएको छ ।

त्यसैगरी श्रीबक्स गुल्म गमगढी ब्यारेक मुगुमा ५०, २५ नं। बाहिनी अड्डा भगतपुर ब्यारेक महेन्द्रनगरमा २०० जना, रणबम गण दह ब्यारेक डडेल्धुरामा १५० जना र वराहदल गुल्म रानीवन ब्यारेक हुम्लामा ५० जना गरी जम्मा ४००० जना माग गरिएको छ । सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग जंगीअड्डाले सेनाको स्वीकृत दरबन्दीभित्र रिक्त सैन्य पद खुल्ला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गर्न योग्यता पुगेका इच्छुक नेपाली नागरिक स्वयं उपस्थित भई तोकिएको भर्नाकेन्द्रमा दरखास्त दिन भनेको छ । यसअनुसार यही चैत १७ देखि आगामी वैशाख १६ सम्म र दोब्बर दस्तुर बुझाई वैशाख १७ देखि २३ गतेसम्म दरखास्त दिन सकिनेछ । यसका लागि १८ वर्ष पूरा भई २२ वर्ष ननाघेको र बहालवाला उम्मेदवारको हकमा २६ वर्ष ननाघेको हुनुपर्ने छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu