Connect with us
Kapilvast Forest

बाणगंगा नगरमा ४० प्रतिशत कर्मचारीको काम प्रति विश्वस्त छैनन् सेवाग्रहीहरु

२०७८, १७ चैत्र बिहीबारमा प्रकाशित

badganga

कमल चौधरी कपिलबस्तु-शुसासन तथा सेवा प्रवाहको क्षेत्रमा देशकै सर्बोत्कृष्ट नगरपालिकाको रुपमा परिचित कपिलबस्तु जिल्लाको बाणगंगा नगरपालिकामा ४० प्रतिशत कर्मचारीको काम प्रति विश्वस्त देखिदैनन् सेवाग्रहीहरु । आर्थिक बर्ष २०७५÷०७६ सालमा नेपाल नगरपालिका संघ द्वारा सर्बोत्कृष्ट नगरपालिकाको रुपमा सम्मानित कपिलबस्तु जिल्लाको बाणगंगा नगरपालिकामा पछिल्लो समय सेवाग्रहीहरु कर्मचारीको काम प्रति ४० प्रतिशत विश्वस्त नभएको नागरिक प्रतिवेदनमा उल्लेख भएको छ ।

 जनप्रतिनिधीहरुको ग्रैह जिम्मेबारीपन


त्यस्तै यही २०७८ चैत्र १० गते विहिबार बाणगंगा नगरपालिकाले बाणगंगा नगर प्रमुख मंगल प्रसाद थारुको अध्यक्षतामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न ग¥यो । सार्वजनिक सुनुवाई कार्यक्रममा समेत धेरै जनप्रतिनिधीहरुको ग्रैह जिम्मेबारीपन छंंरलङ्ग देखियो । विहिबार सम्पन्न यति महत्वपूर्ण सार्वजानिक सुनुवाई कार्यक्रममा समेत वडा सदस्य देखि वडा अध्यक्ष, कार्यपलिका सदस्य समेत नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रममा समय दिन सकेनन् ।
११ वटा वडा कार्यलयहरु रहेको यस बाणगंगा नगरपालिकामा अधिकांश वडा अध्यक्ष नै सार्वजनिक सुवाई कार्यक्रममा उपस्थिति रहेनन् । जनताको गुनासो सुन्ने समयमा उपस्थिति नहुने जनप्रतिनिबाट के आसा र विश्वास गर्ने हो ? स्थानियहरु बताउँछन् ।
वडा कार्यलयको पनि उत्तिकै गैह्र जिम्मेबारीपन
त्यस्तै बाणगंगा नगरपालिक मात्र नभएर वडा कार्यलायहरु पनि उत्तिकै गैह्र जिम्मेबारीपन देख्न सकिन्छ । सामान्य विवाह, जन्म, मृत्यु प्रमाण पत्र लगायत राष्ट्रिय परिचय पत्र बनाउँन समेत धेरै दिनहरु धाउनु परेको सेवाग्रहीहरुले गुनासोहरु गर्दै आएका छन् । हुन त नेपाल पत्रकार महासंघ जिल्ला कार्य समिति कपिलबस्तुको सहजिकरणमा  बाणगंगा नगरपालिकाले सर्वजानिक सुनुवाई कार्यक्रममा  नागरिक प्रतिवेदन समेत प्रस्तुत गरियो ।  उक्त नागरिक प्रतिवेदनमा  सेवाग्रहिले समयमा काम लिन नसकेको पाईयो ।
कर्मचारीको काम प्रति विश्वस्त छैनन् : सेवाग्रहीहरु

बाणगंगा नगरपालिकाले नै ३० जना नमुनाको रुपमा सेवाग्रहीहरुबाट लिएको सर्वेक्षणमा समेत नागरिक प्रतिवेदनमा कर्मचारीको उपस्थिति समय पालन, कार्य चुस्तताका साथ संचालन नभएको पाईएको छ । नागरिक प्रतिवेदनमा कार्यलय नियमित रुपमा कर्मचारीको उपस्थिति समय पालन, कार्य चुस्तताका साथ संचालन भएको छ, भन्ने कुरामा कतिको विश्वस्त हुनुहुन्छ ? भन्ने प्रश्नमा ४० प्रतिशतले विश्वस्त नभएको पाईयो । त्यस्तै ४० प्रतिशतले ठिकै र २० प्रतिशत मात्र विश्वस्त रहेको देखिन्छ ।
जानप्रतिनिधीहरुको मिलोमतमा नदिजन्य पदार्थ चोरी निकासी मौलाएको
सर्वजानिक सुनवाई कार्यक्रममा जनप्रतिनिधीहरुको मिलोमतमा नै चोरी निकासी मौलाएको स्थानियहरुको अरोप लाएका छन् । उनिहरुले नदिजन्य पदार्थ चोरी निकासी गर्नेलाई पावर र पैसाको भरमा र कतिपय जनप्रतिनिधीहरु नै संलग्न भएको आरोप लागए । कतिपय जनप्रतिनिधीहरुले नै बाटो छेकेर गिट्टीबालुवा डाम्पीङ्ग बनाएको स्थानियहरु बताउँछन् । त्यस्तै पत्रकार गणेश पोख्रेल, गजेहडा टोल विकास समितिका अध्यक्ष समेत रहेका भोजराज अचार्य, लौगाई स्वास्थ्य तथा सरसफाई समितिका संयोजक गिरिराज पौडेल, स्थानिय झगरु थारु, बाल संजलका पुजा गौतम लगायतले नगरभित्रको फोहोर व्यवस्थापन, सडक दुर्घटना, छडुवा गाईबस्तु व्यवस्थन, लगायत विकास निर्माणमा देखिएका ठुप्रै समस्याहरु माथि गुनासोहरु राखेका थिए ।
गुनासोहरुलाई समाधन गर्ने प्रतिवद्धता


त्यस्तै सर्वजानिक सुनवाई कार्यक्रममा नगर प्रमुख मंगल प्रसाद थारुको अध्यक्षता तथा पत्रकार महासंघ जिल्ला शाखा सचिव मोहन बेलबासेको संचलनमा सम्पन्न बाणगंगाको सर्वजानिक सुनुवाई कार्यक्रममा उप–प्रमुख चक्रपाणी आर्याल,  प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, शिक्षा, युवा खेलकुद शाखा बाबुराम भट्टराई, बडा ८ वडा अध्यक्ष गुणनीधि भुसालले बोल्दै बाणगंगा नगरपालिकाले उत्कृष्ट विकास निर्माणको काम गर्दै आएको बताए । काम गर्ने शिलशिलामा कतिपय गुनासोहरु हुन्छन् भन्दै उहाँहरुले सेवाग्रहीको गुनासोहरु सुन्ने र आफुहरुलाई काम गर्न सजिलो हुने भएकोले गुनासो गर्ने सम्पूर्णलाई धन्यवाद समेत दिए । त्यस्तै उहाँहरुले सेवाग्रहीले आफुहरुलाई सहयोग गर्नुपर्छ, आफुहरुले पनि नगरको तर्फदेखि सेवाग्रहीलाई सहयोग गर्छौ भन्दै सेवाग्राहीका गुनासोहरु पुरागर्ने प्रतिवद्धता सहित समस्याहरुको छिट्टै नै समाधान हुने जानकारी दिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu