Connect with us
Kapilvast Forest

युक्रेन-रुस युद्धः पुटिनको परमाणुअस्त्रको चेतावनी

२०७८, १९ फाल्गुन बिहीबारमा प्रकाशित

बिबिसी- इतवार राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सेनालाई रुसको परमाणुअस्त्र समाविष्ट प्रतिरोधात्मक बललाई “युद्धका लागि विशेष भूमिकामा सक्रिय राख्न” आदेश दिए। वास्तवमा यस भनाइको अर्थ के हो भन्ने स्पष्ट नभएको पश्चिमी देशका विश्लेषकहरूले बताएका छन्।

ब्रिटेनका अधिकारीहरूका अनुसार पुटिनले प्रयोग गरेको भाषा रुसी परमाणुअस्त्रबारे सतर्कतासम्बन्धी उनीहरूको बुझाइसँग पूर्ण रूपमा मिल्दो छैन।

केहीले पुटिनले सतर्कता स्तरलाई निकै तल्लो स्तर मानिने “निरन्तर” भन्दा माथिल्लो स्तर “उच्च” मा पुर्‍याउन आदेश दिएको विश्वास गरेका छन् (त्योभन्दा माथि “सैन्य खतरा” स्तर र त्यसपछि “पूर्ण” स्तर हुने गर्छ)।

यद्यपि धेरैले यस आदेशलाई प्रमुख रूपमा परमाणुअस्त्रहरू प्रयोग गर्ने वास्तविक उद्देश्यका साटो सार्वजनिक सङ्केतको रूपमा व्याख्या गरेका छन्। पुटिनलाई थाहा छ कि कुनै पनि त्यस्तो कदमपछि पश्चिमको पारमाणविक प्रतिशोध निम्त्याउनेछ।

युकेका रक्षामन्त्री बेन वालेसले यस घोषणालाई मुख्यतया आम मानिसमा प्रभाव पार्न दिइएको बयान भएको बताएका छन्। यसको अर्थ त्यहाँ जोखिम छैन भन्ने होइन र अवस्थालाई नजिकबाट हेरिने सम्भावना छ।

गत साता पुटिनले थप साङ्केतिक भाषामा यदि अन्य देशहरूले रुसको योजनामा हस्तक्षेप गरे भने उनीहरूले “आफूले कहिल्यै नदेखेको” परिणाम भोग्ने चेतावनी दिएका थिए।

त्यसलाई नेटोलाई युक्रेनमा प्रत्यक्ष रूपमा सैन्य संलग्नता हुन नदिने चेतावनीको रूपमा व्यापक विश्लेषण गरिएको थियो।

यद्यपि नेटोले रुससँग प्रत्यक्ष द्वन्द्व सुरु हुने र त्यो पारमाणविक युद्धका रूपमा अघि बढ्न सक्ने सम्भावनाका कारण उक्त सङ्गठनले त्यहाँ सेना नपठाउने प्रस्ट पार्दै आएको छ।

पुटिनले यस कदमलाई रुसविरुद्ध “चर्को टिप्पणी”को प्रतिक्रियामा भएको बताए। सोमवार क्रेमलिनले ती टिप्पणी नेटोसँग सम्भावित द्वन्द्व र प्रतिरोधका बारेमा ब्रिटेनकी विदेशमन्त्री लिज ट्रसलगायत पश्चिमी अधिकारीहरूको बयानसँग सम्बन्धित रहेको जनाएको छ।पश्चिमी अधिकारीहरूले नयाँ चेतावनी पुटिनले युक्रेनका बारेमा गलत अनुमानको गरेकाले आएको हुनसक्ने बताएका छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu