Connect with us
Kapilvast Forest

नोबेलका १० विद्यार्थी पुन: आन्दोलनमा उत्रिए

२०७८, १९ फाल्गुन बिहीबारमा प्रकाशित

विराटनगर- नोबेल मेडिकल कलेजको एमबिबिएस प्रथम वर्षका १० विद्यार्थी पुन: आन्दोलनमा उत्रिएका छन् । कलेज स्थानान्तरणको माग सम्बोधन नभएपछि विद्यार्थीहरू आन्दोलनमा उत्रिएको बताएका छन् । बिहीबार विद्यार्थीहरूले माइतीघरमा रिले अनसन गरे।‘नोबेलमा जान हामीलाई थ्रेट छ,’आन्दोलनरत विद्यार्थीले भने,‘स्थानान्तरणको माग सम्बोधन नभएपछि पुन: आन्दोलनमा छौं ।’

 

नोबेल मेडिकल कलेज प्रशासनले लिने अतिरिक्त शुल्कको विरोधमा ८१ जना विद्यार्थी आन्दोलनमा उत्रिएका थिए । अंशिक माग सम्बोधन भएपछि १० जनाबाहेक अन्य विद्यार्थी नियमित कक्षामा सहभागी छन् । आन्दोलनको अगुवाइ गरेका १० जना विद्यार्थी सुरक्षा थ्रेट रहेको भन्दै स्थानान्तरणको पक्षमा छन् ।

माघ ७ गते एमबिबिएस प्रथम वर्षका १४ विद्यार्थीले कलेज स्थानान्तरणका लागि शिक्षा मन्त्रालयमा निवेदन दिएका थिए । ती मध्ये चारजना कक्षामा फर्किएका छन् । १० जनाले भने विराटनगर आउँदा जोखिम हुने भएकाले आन्दोलनमा उत्रिएका हुन् ।

‘अग्रपंतिमा बसेर आन्दोलन गरेका विद्यार्थीमाथि कलेज प्रशासनबाट थ्रेट छ,’ आन्दोलनमा रहेका एक विद्यार्थीले भने,‘ विराटनगरमा जोखिम मोलेर पढ्न सक्दैनौं ।’

स्थानान्तरणका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेटेर आग्रह गरेका थिए । सुरुमा स्थानान्तरण गरिदिने बचन दिएका देउवाले अझै काम नगरेको उनीहरूको गुनासो छ ।

‘शिक्षा मन्त्रीले अहिले भेट दिनुहुन्न,’ उनीहरूले भने,‘ पढाइ छुटेको धेरै भयो, सरकारले हाम्रो कुरा सुनेन् ।’गत पुस पहिलो साताबाट एमबिबिएस प्रथम वर्षको कक्षा सञ्चालन भइरहेको छ । स्थानान्तरण नहुँदा आफ्नो पढाइ विग्रिएको विद्यार्थीहरूले गुनासो गरेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu