Connect with us
Kapilvast Forest

नेकपा माओवादी केन्द्रको बैठक पर्सिसम्मका लागि स्थगित

२०७८, २० फाल्गुन शुक्रबारमा प्रकाशित

 

काठमाडौं- नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक पर्सिसम्मका लागि स्थगित भएको छ।

आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले सम्बोधन गर्नुभएपछि बैठक पर्सि आइतवार ११ बजेसम्मका लागि स्थगित भएको हो । बैठकमा अध्यक्ष प्रचण्डले एमसीसी सम्झौता, स्थानीय तहको चुनाव, सत्तागठबन्धनको अवस्था लगायतका बारेमा ब्रिफिङ गर्नुभएको छ ।

उहाँले सत्ता गठबन्धन नै भत्किने खतरा बढेकोले एमसीसी पारित गरेको बताउनुभयो । व्याख्यात्मक घोषणासहित एमसीसी पारित हुँदा सम्भावित समस्या हल भएको र चुनावसम्म नै सत्ता गठबन्धन रहने प्रचण्डको भनाइ छ ।

उहाँले प्रतिनिधि सभा लामो समयदेखि अवरुद्ध रहेकाले त्यसको समाधान निकाल्न पनि पहल गर्ने विषयमा छलफल भइरहेको बताउनुभयो । नेता नारायणकाजी श्रेष्ठले भने एमसीसी पारित गर्न पार्टीले भूमिका खेलेको भन्दै आलोचना गर्नुभएको छ ।

उहाँले एमसीसीका कारण उत्पन्न समस्यामा आफू लगायतका नेतालाई अध्यक्षले पार्टी छाडेर गए पनि हुन्छ भनेको भन्दै असन्तुष्टि जनाउनुभयो । उहाँले अध्यक्ष व्यक्तिवादी भएको र दलालसँग साँठगाँठ गरेको आरोप पनि लगाउनुभयो ।

आइतवारको बैठकमा पार्टीले तय गरेका एजेण्डाका बारेमा छलफल हुने माओवादी केन्द्रले जनाएको छ । छलफलका लागि बैठकमा एमसीसी, स्थानीय चुनाव, पदाधिकारी चयन लगायतका ६ वटा एजेण्डा पेस भएका छन् ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu