Connect with us
Kapilvast Forest

अध्यक्ष नेपालसहित १४ सांसदको मुद्दामा चैत २० गते पूर्ण सुनुवाइ

२०७८, २९ फाल्गुन आईतवारमा प्रकाशित

 

 

काठमाडौं – सर्वोच्च अदालतले नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालसहित १४ सांसदको वैधानिकता सम्बन्धी मुद्दामा एकै पटक अन्तिम सुनुवाइ गर्ने भएको छ ।

न्यायाधीशद्वय ईश्वर खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले सो मुद्दाको लिखित जवाफ आइसकेको भन्दै अन्तिम सुनुवाइका लागि आदेश दिएको हो ।

अन्तरिम आदेशको माग भएपछि मुद्दाको सबै अंग पुगेकाले अन्तिम फैसला हुने गरी सर्वोच्चले आदेश जारी गरेको अदालतले जनाएको छ । आदेश अनुसार आगामी चैत २० गते पूर्ण सुनुवाइ हुने छ । अदालतले नेपालसहित १४ सांसदलाई गरेको कारबाही सभामुख अग्नीप्रसाद सापकोटाले कार्यान्वयन नगरेको, पार्टी विभाजनका लागि झलनाथ खनालसहितका नेताहरुले गरेको सनाखतलाई मान्यता नदिन र लुम्बिनीका सांसदहरु विमला खत्री वली र अजय शाहीमाथि गरेको कारबाहीअनुसार सूचना टाँस गरिनुपर्ने लगायतका विषयको मुद्दा एकै ठाउँमा हेर्दै छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले यी विषयमा रिट दायर गर्नुभएको थियो । नेपालसहिका १४ सांसदमाथि पार्टीले गरेको कारबाही कार्यान्वयन नभएको भन्दै एमालेले विगत ६ महिनादेखि प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu