Connect with us
Kapilvast Forest

नारायणकाजीलाई साथमा लिएर प्रचण्डको चुनावी दौडाहा

२०७८, २९ फाल्गुन आईतवारमा प्रकाशित

 

काठमाडौं- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको चुनावका लागि दौडधुप बढाएका छन् ।एमसीसीको विवाद चुनावसम्मका लागि स्थगन गरेर केन्द्रीय समितिको बैठक सकिए लगत्तै प्रचण्ड चुनाव केन्द्रित प्रशिक्षणका लागि देश दौडाहामा छन् ।

बागमती र कर्णाली प्रदेशमा प्रशिक्षण सकाएका प्रचण्ड आइतबार प्रदेश १ को प्रशिक्षणका लागि विराटनगरमा छन् । एमसीसीमा असन्तुष्ट नेता नाराणकाजी श्रेष्ठसहित प्रायः प्रशिक्षणमा प्रचण्डसँगै जाने गरेका छन् ।

 

वामगतीको प्रशिक्षणमा प्रचण्डसँगै गोदावरी पुगेका श्रेष्ठ शनिबार नुवाकोटमामा पनि सँगै थिए । विराटनगरको प्रशिक्षणमा पनि श्रेष्ठसँगै छन् ।कार्यक्रममा अर्थमन्त्री समेत रहेका नेता जर्नादन शर्मा, प्रदेश इन्चार्ज रामकार्की लगायतका नेताहरु पनि सहभागी छन् ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu