Connect with us
Kapilvast Forest

जसपा नेता प्रदीप यादवलाई गरिएको कारबाही फुकुवा

२०७८, ३० फाल्गुन सोमबारमा प्रकाशित

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा)ले प्रदीप यादवलाई गरिएको अनुशासनको कारबाही फिर्ता लिएको छ ।

जसपा केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीका अनुसार फागुन १३ गतेदेखि बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यादवविरुद्धको कारबाही फिर्ता लिने निर्णय गरेको हो ।

 

यादवलाई गत मंसिर ५ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अनुशासनको कारबाही गर्ने निर्णय गरेको थियो ।

पर्सा जिल्लाबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गरेका यादवले अध्यक्ष उपेन्द्र यादवको पुत्ला जलाउने लगायतका काम गरेपछि उनलाई केन्द्रीय कार्यकारिणी समिति सदस्यबाट हटाएर साधारण सदस्यमा सीमित गरिएको थियो । वर्तमान सत्ता गठबन्धनमा मन्त्री नबनाएपछि उनले विरोध जनाएका थिए ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu