Connect with us
Kapilvast Forest

राष्ट्रिय मेलमिलाप नीति बिर्सन नसकिने अध्याय हो : झलनाथ खनाल

२०७८, ३० फाल्गुन सोमबारमा प्रकाशित

 

काठमाडौं – प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको राजनीतिक जीवनी यात्रामा आधारित ‘राजद्रोही राजनेता’ वृत्तचित्र प्रदर्शन गरिएको छ ।

सुशील कोइराला मेमोरियल फाउन्डेशन र अन्वेषण न्युज डट कमको सहकार्यमा निर्माण गरिएको उक्त वृत्तचित्रमा मुलुकमा प्रजातन्त्र स्थापनाका खातिर विपीले लिएका राष्ट्रिय मेलमिलापको नीति, सहासिक निर्णय, राजनीतिक जीवन र त्यसबेलाका घटनाक्रम समेटिएका छन् ।

 

सुन्दरीजल बन्दीगृहमा रहेका बेला तत्कालीन राजासँग भएको भेटवार्ता, भारत निर्वासनमा रहँदा प्रजातन्त्रका लागि अघि सारिएका कदम, आन्दोलन, भारतीय नेतासँगका छलफल र सामीप्यतासम्बन्धी विषय पनि वृत्तचित्रमा समावेश छन् ।

नेपालको प्रजातान्त्रिक आन्दोलनमा विपीको योगदानका सम्बन्धमा नेपाली कांग्रेसका नेतात्रय कुलबहादुर गुरुङ, खुमबहादुर खड्का, रामबाबु प्रसाइँ, पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्ट, कोइराला र गणेशमानसिंह परिवार, पूर्वअञ्चलाधीश सूर्यप्रसाद श्रेष्ठ, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, वरिष्ठ मुटुरोग विशेषज्ञ मृगेन्द्रराज पाण्डे, पेट रोगसम्बन्धी विशेषज्ञ मधु घिमिरे लगायतका स्मरण पनि सो वृत्तचित्रमा राखिएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu